फिल्म निर्देशन गर्न किन डराइरहेका छन् निश्चल? « Khabarhub

फिल्म निर्देशन गर्न किन डराइरहेका छन् निश्चल?


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय निश्चल बस्नेतलाई निर्देशकका रुपमा भन्दा बढी कलाकारका रुपमा दर्शकले चिन्न थालेका छन् । अब निश्चल र स्वस्तिमा खड्का स्टारर फिल्म ‘घामड शेरे’ कार्तिक ८ मा रिलिज हुँदैछ । यसअघि निश्चललाई फिल्म ‘प्रसाद’ मा पनि अभिनेताकै रुपमा देखिएको थियो ।

कुशल निर्देशक भनेर चिनिएका निश्चलले फिल्म ‘लूट’ निर्देशन गरेपछि तारिफमाथि तारिफ बटुले । उनले सोही फिल्मको दोस्रो सिक्वेल पनि निर्देशन गरे । उक्त फिल्मबाट भने उनले खासै चर्चा कमाउन सकेनन् । बरु उनले निर्देशन गरेको फिल्म ‘टलकज‌ंग भर्सेस टुल्के’ ले पनि चर्चा पायो । पछिल्लो समय भने निश्चल निर्देशनबाट दूर छन् ।

‘काले दाइ’ को परिचय बनाएका निश्चल बरु म्युजिक भिडियोमा भने देखिएका छन् । उनले फिल्म ‘दुई रुपैयाँ’ बाट पनि अभिनेताकै रुपमा राम्रो चर्चा पाएका थिए ।

चलचित्र ‘फिटकिरी’ मा निश्चल बस्नेत ।

त्यसो त निश्चल आफूले स्तरीय र फरक काम गर्न सक्छु भन्ने नलागेसम्म नयाँ फिल्म निर्देशन नगर्ने बताउँदै आएका छन् । अर्कातिर उनलाई म्युजिक भिडियो र फिल्ममा हिरोको रोल फापेको पनि छ । त्यस्तै फिल्म मेकिङ र वितरणमा पनि उनी उत्तिकै व्यस्त छन् ।

जे जसो भए पनि ‘लूट’ का फ्यानहरु निश्चलको निर्देशकीय क्षमतामा फेरि एकपटक शयर गर्न चाहेका छन् । तर, निश्चल भने तर्किएका छन् । बरु उनी ब्याक टु ब्याक फिल्ममा काम गरिरहेका छन् ।

खबर छ, निश्चल अब ‘लूट’ निर्माता माधव वाग्लेले निर्देशन गर्ने फिल्म ‘पारस’ मा पनि शीर्ष भूमिकामा देखिनेछन् । एकपछि अर्को गर्दै फिल्म खेलिरहेका निश्चल के निर्देशन गर्न डराएकै हुन् त? कि राम्रो स्किृप्ट नपाएर फिल्म निर्देशन नगरेका हुन्?

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ४ : ४० बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री