‘रामायण’ र ‘बाटुलो जून’को दबदबाबीच हलमा थपिँदै दुई फिल्म, कसले मार्ला बाजी ? « Khabarhub

‘रामायण’ र ‘बाटुलो जून’को दबदबाबीच हलमा थपिँदै दुई फिल्म, कसले मार्ला बाजी ?


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बक्स अफिसमा अहिले दुई फिल्मको चर्चा र दबदबा छ। एकातिर बलिउडको ठूलो बजेटको फिल्म ‘रामायण’ छ भने अर्कोतिर नेपाली दर्शकको साथ पाइरहेको ‘बाटुलो जून’ । 

यी दुई फिल्मले हलमा दर्शक तानिरहेका बेला शुक्रबारदेखि भने दुई नयाँ फिल्म थपिँदैछन्। फरक कथावस्तु र प्रस्तुतिसहित ‘हिमालयन गोल्ड’ र ‘जलाकी’ दर्शकमाझ आउन लागेका हुन् ।

यी दुई फिल्मको विशेषता के छ भने दुवैले दर्शकलाई बिल्कुलै फरक स्वाद दिने प्रयास गरेका छन् । एउटा फिल्ममा यार्सागुम्बाको लोभ, संघर्ष र अस्तित्वको लडाइँ छ भने अर्कोमा प्रेम, त्याग र सांस्कृतिक पहिचानको कथा छ ।

धिराज राजवंशी निर्देशित ‘हिमालयन गोल्ड’ थ्रिलर तथा ड्रामा जनरामा निर्माण भएको फिल्म हो । हिमाली क्षेत्रको परिवेशमा तयार पारिएको यस फिल्मले बहुमूल्य जडीबुटी यार्सागुम्बा र त्यसलाई प्राप्त गर्ने लोभमा मानिसबीच हुने संघर्षको कथा भन्छ । 

फिल्ममा आफ्नो परिवार र यार्सागुम्बाको बाली जोगाउन एक युवतीले निर्दयी समूहसँग गर्ने संघर्षलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ । लोभ, प्रतिशोध, साहस र अस्तित्वको लडाइँ फिल्मका प्रमुख पक्ष हुन् ।

फिल्ममा सुनील थापा, परीक्षा लिम्बू, साजन थापा, कर्मा, मेनुका प्रधान, राहुल एन मुखिया र अंकित खड्कालगायत कलाकारको अभिनय छ । २ घण्टा १८ मिनेट लामो फिल्मले हिमाली परिवेशको कथा र थ्रिलर प्रस्तुतिमार्फत दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, शुक्रबारबाटै प्रदर्शनमा आउने अर्को फिल्म ‘जलाकी’ प्रेमकथामा आधारित छ। अशोक थापा मगरको निर्देशनमा बनेको यस फिल्मले प्रेमसँगै आशा, त्याग र संघर्षको कथा प्रस्तुत गर्छ । विशेषगरी मगर समुदायको सांस्कृतिक पहिचानलाई प्रेमकथामार्फत नयाँ दृष्टिकोणबाट देखाउने प्रयास फिल्ममा गरिएको छ ।

भावनात्मक कथावाचन र आकर्षक दृश्यलाई प्राथमिकता दिइएको फिल्ममा सोनाम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन र सहारा हाङ्मा लिम्बूलगायत कलाकार छन् । २ घण्टा ५० मिनेट लामो फिल्मले प्रेमकथा रुचाउने दर्शकलाई आकर्षित गर्ने अपेक्षा राखेको छ ।

यसरी शुक्रबारदेखि हलमा दुई फरक कथाका फिल्मबीच दर्शकको रोजाइको प्रतिस्पर्धा हुनेछ । ‘हिमालयन गोल्ड’ले रहस्य, थ्रिलर र संघर्षको कथा बोकेको छ भने ‘जलाकी’ले प्रेम र सांस्कृतिक पहिचानलाई केन्द्रमा राखेको छ ।

तर, यी दुई नयाँ फिल्मका लागि बक्स अफिसको यात्रा त्यति सहज भने देखिँदैन। किनकि, हलमा ‘रामायण’ र ‘बाटुलो जून’ ले दर्शकको साथ पाइरहेका छन्। यसअघि प्रदर्शनमा आएका अन्य फिल्मको व्यापारसमेत सुस्ताएको छ। यस्तो अवस्थामा नयाँ फिल्मले दर्शकलाई हलसम्म तान्न कस्तो कथा र प्रस्तुति दिन्छन् भन्ने चासो छ ।

दुवै फिल्मको अग्रिम टिकट बुकिङ खुलिसकेको छ। अब हेर्न बाँकी छ, दर्शकले हिमाली परिवेशको संघर्ष रोज्छन् कि प्रेम र संस्कृतिको कथा ? शुक्रबारदेखि सुरु हुने प्रदर्शनले नै यसको जवाफ दिनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ३ : २० बजे

काठमाडौं महानगरपालिकाले ७ गतेदेखि जलवायु कार्य सप्ताह सुरु गर्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाले मंसिर ७ गतेदेखि जलवायु कार्य सप्ताह सुरु

‘रामायण’ र ‘बाटुलो जून’को दबदबाबीच हलमा थपिँदै दुई फिल्म, कसले मार्ला बाजी ?

काठमाडौं– नेपाली बक्स अफिसमा अहिले दुई फिल्मको चर्चा र दबदबा

थोरङला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ– चालु वर्षको पहिलो चार महिनामा थोरङला पास हुँदै आठ

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

बाजुरा– हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल

मैदानमा दीपेन्द्र र रबिको लडाइँ, कसको शक्ति कति ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि