बुटवल र चीनको शियानबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता « Khabarhub

बुटवल र चीनको शियानबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुटवल उपमहानगरपालिका र चीनको शियान सहरकाबीचमा भगिनी सम्बन्ध स्थापना हुने भएको छ ।

दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतवार बुटवल र शियानबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौतापत्र आदानप्रदान गरिएको हो ।

शियान सहरका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सम्झौतापत्र आदान प्रदान गरेका हुन् ।

यस्तै काठमाडौं महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगिनी सम्बन्ध कायम गर्ने सम्बन्धमा सम्झौतापत्र पनि आदान प्रदान गरिएको छ ।

यसका साथै नेपाल र चीनबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्ज गरी २० समझदारीपत्र आदानप्रदान भएको छ ।

दुई दिने नेपाल भ्रमण सकेर राष्ट्रपति सी आज चीन प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ५ : ०७ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार