जापानमा आँधीका कारण ज्यान गुमाउनेको संख्या २५ पुग्यो « Khabarhub

जापानमा आँधीका कारण ज्यान गुमाउनेको संख्या २५ पुग्यो


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको हागिबिस नामक आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । आँधीमा परी करिब १५ बेपत्ता भएको जनाइएको छ ।

आँधीसँगै भएको बर्षाका कारण कैयौँ नदीहरूमा बाढी आएको र नदीको पानी वस्तीहरूमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो

“आँधीका कारण ३ लाख ७६ हजार घरहरूमा विद्युत आपूर्ति अवरूद्ध भएको, १४ हजार घरहरूमा खानेपानीको अभाव भएको छ,” चिफ क्याविनेट सेक्रेटरी योशिहिदे सुगाले बताए ।

उद्धारकर्ता तथा जापानी अधिकारीले दिएको जानकारी अनुसार शनिबार साँझ आएको आँधीका कारण कैयौँ स्थानमा बाढी पहिरो गएको र कतिपय बस्तीहरू डुवानमा परेका छन् ।

सरकारले आँधीपछि २७ हजार स्वयम्सेवक बललाई उद्धार र राहतका लागि खटाएको जनाएको छ । भू–संरचना, यातायात तथा पर्यटन मन्त्रालयले दिएको जानकारी अनुसार आँधीपछि विभिन्न १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको र २१ नदीमा वाँध फुटेका कारण ठूलो क्षति भएको उल्लेख छ ।

स्थानीयहरूले आँधी विगत ५० बर्ष यताकै शक्तिशाली भएको बताएका छन् । आँधीको प्रभाव सबैभन्दा धेरै नागानो राज्यमा परेको बताइएको छ । अधिकारीले आँधीपछि नागानो र छिमेकी राज्यका शहरहरूका बासिन्दालाई सुरक्षाका लागि अझै सावधानी अपनाउन निर्देशन गरेको छन् ।

मन्त्रालयका अनुसार कतिपय वस्तीहरूमा बाढीको पानी करिब पाँच मिटरसम्म जमेको बताइएको छ भने त्यहाँका बासिन्दाले उद्दारका लागि घरका तलाहरूबाट हात हल्लाएर अनुरोध गरेका भिडियोहरू टेलिभिजन तथा सामाजिक सञ्जालमा देखिएका छन् ।

नागानो क्षेत्रमा चल्ने जापानका बुलेट रेलहरूसमेत डुवानका कारण अवरूद्ध बनेका छन् । रेल कम्पनीका अनुसार १० वटा रेलका १२० डब्वाहरूमा क्षति पुगेको छ ।

जापानको मौसम विज्ञानसम्बन्धी निकायले टोकियो र प्रभावित १२ वटै राज्यमा भारी बर्षा हुने सम्भावना रहेको बताउँदै नदी वरपरका क्षेत्रमा सतर्क बन्न सूचना जारी गरेको छ । आइतबारसम्म तुफानको प्रभाव निकै कम भएको बताइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ८ : ४६ बजे

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार