यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटमा नेपाल र भारत भिड्दै « Khabarhub

यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटमा नेपाल र भारत भिड्दै


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट अन्तर्गत नेपालले दोस्रो खेलमा आज (बुधबार) भारतको ए टीमसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको हैदरावादस्थित राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ९ बजे शुरु हुनेछ ।

सुरुवात खेल गुमाएका दुवै टिमलाई खेलमा फर्कन जित आवश्यक छ । पहिलो खेलमा ए टिम जय गोहिलले ९९ रनको ईनिङ्स खेल्दा समेत भारतको ए टिम बी टीमसँग पराजित हुन पुगेको थियो ।

अर्कोतर्फ नेपाल भने भारतको सी टीमसँग फराकिलो अन्तरले हार्न पुग्यो । नेपालले प्रस्तुत गरेको १ सय १५ रनको लक्ष्य सी टीमले २१ दशमलव १ ओभरमा विना विकेटको क्षतीमा पुरा गरेको थियो ।

नेपालका कुशल मल्लले बनाएको २६ रन टोलीको सर्वाधिक स्कोर रहेको थियो ।

भारतले आयोजना गरेको सिरिजमा नेपाल सहित भारतको ए, बी र सी टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ७ : १९ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ