यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटमा नेपाल र भारत भिड्दै « Khabarhub

यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटमा नेपाल र भारत भिड्दै


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट अन्तर्गत नेपालले दोस्रो खेलमा आज (बुधबार) भारतको ए टीमसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको हैदरावादस्थित राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ९ बजे शुरु हुनेछ ।

सुरुवात खेल गुमाएका दुवै टिमलाई खेलमा फर्कन जित आवश्यक छ । पहिलो खेलमा ए टिम जय गोहिलले ९९ रनको ईनिङ्स खेल्दा समेत भारतको ए टिम बी टीमसँग पराजित हुन पुगेको थियो ।

अर्कोतर्फ नेपाल भने भारतको सी टीमसँग फराकिलो अन्तरले हार्न पुग्यो । नेपालले प्रस्तुत गरेको १ सय १५ रनको लक्ष्य सी टीमले २१ दशमलव १ ओभरमा विना विकेटको क्षतीमा पुरा गरेको थियो ।

नेपालका कुशल मल्लले बनाएको २६ रन टोलीको सर्वाधिक स्कोर रहेको थियो ।

भारतले आयोजना गरेको सिरिजमा नेपाल सहित भारतको ए, बी र सी टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ७ : १९ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको