अमेरिका पुराइदिने भन्दै मलावीमा बन्धक बनाएका ४ युवाको उद्धार « Khabarhub

अमेरिका पुराइदिने भन्दै मलावीमा बन्धक बनाएका ४ युवाको उद्धार


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानव तस्करहरुले अमेरिका पुराइदिने भन्दै लगेका चार युवाको मलावीबाट उद्धार भएको छ। उद्धार भई स्वदेश फर्किनेहरु मानिरज रोकाया, रविन रेग्मी, नारायण आचार्य र सरोज जिसी छन्। उनीहरु सोमबार नेपाल आएका हुन्।

उनीहरुलाई गतवर्षको दशैंदेखि मानव तस्करहरुले अमेरिका छिराइदिने भन्दै नेपालबाट भियतनामको बाटो हुँदै लगेका थिए । उनीहरुलाई भियतनामबाट माडागास्कार, जोर्डन, दुबई, अजरबैजान हुँदै मलावी पुर्‍याइएको पीडितहरुले बताएका छन्।

उनीहरुलाई मलावीमा बन्धक बनाइएको सूचना पाएपछि नेपाल प्रहरीको अनुरोधमा मलावी प्रहरीले स्थानीय ब्लान्टायर शहरबाट उद्धार गरेर नेपाल फर्काइएको थियो।

अमेरिका छिर्ने प्रलोभनमा परेका युवाहरुले मानव तस्करहरुले अमेरिका छिराईदिने प्रलोभन दिएर आफुहरुको लाखौं रुपैयाँ लिएको बताएका छन्।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : ३६ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको