उपनिर्वाचन– स्थानीय तहका लागि मनोनयन दर्ता आज « Khabarhub

उपनिर्वाचन– स्थानीय तहका लागि मनोनयन दर्ता आज


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उपनिर्वाचनका लागि आज (बुधबार) उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

विहान १० बजेदेखि दिउँसो १ बजेभित्र जिल्लास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर दल वा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्ने आयोगले जनाएको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि धरान उपमहानगरपालिका सहित तीन गाउँपालिका र ४३ वडामा रिक्त अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन तालिका अनुसार आज उम्मेदारको मनोनयनपत्र दर्ता गर्ने र सूची प्रकाशन गर्ने कार्यक्रम छ । त्यस्तै भोलि उम्मेदारको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने र नामावली प्रकाशन गर्ने, ३० गते नाम फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने तथा मङ्सिर १ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

उपनिर्वाचनका लागि संघीय र प्रदेशसभा क्षेत्रमा कात्तिक २१ गते नै उम्मेदवारको दर्ता भइसकेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ११ : १९ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडौं– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी