दरबारमार्ग सामूहिक बलात्कार काण्ड– पीडित युवतीका प्रेमीलाई ५ वर्ष कैद « Khabarhub

दरबारमार्ग सामूहिक बलात्कार काण्ड– पीडित युवतीका प्रेमीलाई ५ वर्ष कैद


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार काण्डका मुख्य अभियुक्तले ५ वर्ष २ महिना जेल सजाय पाएका छन् ।

काठमाडौं जिल्ला अदालतले सामूहिक बलात्कार काण्डका मूख्य अभियुक्त (पीडित युवतीका प्रेमी) शैलेश कार्कीलाई कैदसँगै पीडित युवतीलाई ७ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

सामूहिक बलात्कार प्रकरणमा मुछिएका अन्य २ अभियुक्तको हकमा भने अभियोगको आंशिक मागदाबी पुग्ने अदालतको ठहर छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको कात्तिक २१ गतेको इजलाशले अन्य २ अभियुक्त विकास गौतम र दीपक श्रेष्ठको हकमा जनही १४ महिना कैद सजाय सुनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भने ३ जना अभियुक्तविरुद्ध नै जवर्जस्ती करणी गरेको अभियोगमा सजाय मागदाबी गरेको थियो ।

७ माघ २०७४ मा दरबारमार्गको ल्याण्डमार्क होटेलमा एक युवतीमाथि सामूहिक बलात्कार भएको थियो ।

घटनामा उनका प्रेमी भनिएका मुख्य अभियुक्त कार्कीसहित विकास गौतम र दीपक श्रेष्ठको संलग्नता रहेको विषय सार्वजनिक भएको थियो ।

महानगरीय प्रहरी बृत्त दरबारमार्गले आर्थिक लेनदेनमा घटना मिलाउने प्रयास गर्दा सामूहिक बलात्कार काण्ड सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  २ : २१ बजे

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत