अवैतानिक महाबाणिज्य दूतहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु « Khabarhub

अवैतानिक महाबाणिज्य दूतहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैतानिक महाबाणिज्य दूतहरु (एचसीसी) को अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि काठमाडौंमा शुरु भएको छ ।

सम्मलेनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् ।

‘नेपालको आर्थिक समृद्धिका लागि ऐक्यबद्धता’ भने नारा साथ सम्मेलन सुरु भएको हो । सम्मेलन कात्तिक २९ गते (पर्सि)सम्म चल्ने एचसीसीले जानकारी दिएको छ ।

सम्मेलनको उदघाटन गर्दै परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले आर्थिक समृद्धिका लागि नेपालले विश्व समुदायसँग हातेमालो गर्ने बताए ।

नेपालले विकास, रोजगार, शिक्षा, जलवायु परिवर्तन, पर्यटन विस्तार, ठूला उद्योगका लागि विदेशीले लगानी गर्ने वातावरण सरकारले बनाएको उनको दाबी थियो ।

‘नेपाल सरकारले राजनीतिक परिवर्तनलाई संस्थागत गरेर आर्थिक र विकासका लागि कदम अगाडि बढाएको छ’, मन्त्री ज्ञवालीले भने,’ विश्व समुदायको सहकार्य विना विकास र आर्थिक उन्नति सम्भव छैन ।’

विश्व अर्थतन्त्रसँग नेपालको पर्यटन, माइग्रेशन, अध्यागमन जस्ता महत्वपूर्ण विषयलाई जोडनुपर्ने एचसीसी नेपाल र साउथ अफ्रिका डिन प्रदिपकुमार श्रेष्ठले बताए ।

आर्थिक गतिविधि, सामाजिक रुपान्तरण, जलवायु परिवर्तनजस्ता विषयमा सरकारले नीजि तथा अन्तराष्ट्रिय समुदायसँग सहकार्य गर्नुपर्ने उनको सुझाव थियो ।

पछिल्लो समय विश्वमा जलवायु परिवर्तन, आंतककारी हमाल, मानव तस्करीजस्ता विषय चुनौतीका रुपमा देखा परिरहेको र यो विषयमा विश्व समुदाय गम्भीर भएर काम गर्नुपर्ने फिखाका प्रमुख आकुता इकानले बताए । आजको युगमा विश्वले आर्थिक, विकास, शान्ति र सुरक्षा खोजी रहेको उनको भनाइ थियो ।

सम्मेलनमा आर्थिक समृद्धि, शिक्षा, रोजगार, पर्यटन, जलवायु परिवर्तन, पर्यटक, लैगिक समनता, आप्रवासन समस्या र आर्थिक पहुँच जस्ता विषयमा छलफल हुने भएको छ । विश्वका ८० भन्दा धेरै देशका १ हजारभन्दा धेरै दूतहरु यो संस्थामा कार्यरत छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १ : ५१ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ