अवैतानिक महाबाणिज्य दूतहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु | Khabarhub Khabarhub

अवैतानिक महाबाणिज्य दूतहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैतानिक महाबाणिज्य दूतहरु (एचसीसी) को अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि काठमाडौंमा शुरु भएको छ ।

सम्मलेनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् ।

‘नेपालको आर्थिक समृद्धिका लागि ऐक्यबद्धता’ भने नारा साथ सम्मेलन सुरु भएको हो । सम्मेलन कात्तिक २९ गते (पर्सि)सम्म चल्ने एचसीसीले जानकारी दिएको छ ।

सम्मेलनको उदघाटन गर्दै परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले आर्थिक समृद्धिका लागि नेपालले विश्व समुदायसँग हातेमालो गर्ने बताए ।

नेपालले विकास, रोजगार, शिक्षा, जलवायु परिवर्तन, पर्यटन विस्तार, ठूला उद्योगका लागि विदेशीले लगानी गर्ने वातावरण सरकारले बनाएको उनको दाबी थियो ।

‘नेपाल सरकारले राजनीतिक परिवर्तनलाई संस्थागत गरेर आर्थिक र विकासका लागि कदम अगाडि बढाएको छ’, मन्त्री ज्ञवालीले भने,’ विश्व समुदायको सहकार्य विना विकास र आर्थिक उन्नति सम्भव छैन ।’

विश्व अर्थतन्त्रसँग नेपालको पर्यटन, माइग्रेशन, अध्यागमन जस्ता महत्वपूर्ण विषयलाई जोडनुपर्ने एचसीसी नेपाल र साउथ अफ्रिका डिन प्रदिपकुमार श्रेष्ठले बताए ।

आर्थिक गतिविधि, सामाजिक रुपान्तरण, जलवायु परिवर्तनजस्ता विषयमा सरकारले नीजि तथा अन्तराष्ट्रिय समुदायसँग सहकार्य गर्नुपर्ने उनको सुझाव थियो ।

पछिल्लो समय विश्वमा जलवायु परिवर्तन, आंतककारी हमाल, मानव तस्करीजस्ता विषय चुनौतीका रुपमा देखा परिरहेको र यो विषयमा विश्व समुदाय गम्भीर भएर काम गर्नुपर्ने फिखाका प्रमुख आकुता इकानले बताए । आजको युगमा विश्वले आर्थिक, विकास, शान्ति र सुरक्षा खोजी रहेको उनको भनाइ थियो ।

सम्मेलनमा आर्थिक समृद्धि, शिक्षा, रोजगार, पर्यटन, जलवायु परिवर्तन, पर्यटक, लैगिक समनता, आप्रवासन समस्या र आर्थिक पहुँच जस्ता विषयमा छलफल हुने भएको छ । विश्वका ८० भन्दा धेरै देशका १ हजारभन्दा धेरै दूतहरु यो संस्थामा कार्यरत छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १ : ५१ बजे

संस्कृति र खेलकुदको संगम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

काठमाडौं– लुम्बिनी लायन्सले  मंगलबार आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।

कांग्रेस पूर्वपदाधिकारीले सभापति देउवालाई गराए चाक्सीबारी छलफलबारे जानकारी

काठमाडौं– नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई चाक्सीबारी बैठकमा भएको

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साताव्यापी भ्रमणका लागि आज

‘औपचारिकताका लागि मात्रै बिपीलाई नसम्झौँ’

काठमाडौं– बीपी कोइरालाको नाम सम्झँदा मैले एकै पटक दुई वटा

मदन पुरस्कार २०८१ : उत्कृष्ट सात पुस्तक सार्वजनिक

काठमाडौं- नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार–२०८१’ का लागि सात