अटो चालक पेस्तोलसहित पक्राउ « Khabarhub

अटो चालक पेस्तोलसहित पक्राउ


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके–अटो रिक्सामा नालकटुवा पेस्तोल राखेर घुमिरहेका एक चालकलाई प्रहरीले आज नेपालगञ्जबाट पक्राउ गरेको छ ।

डुडुवा गाउँपालिका–४ उचेम साहका मेराजअलि सैयदलाई आज बिहान पेस्तोलसहित पक्राउ गरिएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार आज बिहान नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर चोकबाट भे १ स ८३२६ नम्बरको अटोरिक्साको डिग्गीमा कालो प्लास्टिकको झोलामा लुकाइ राखिएको पेस्तोल बरामद भएको थियो ।

बरामद भएको पेस्तोल, अटो र त्यसका चालक सैयदलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ३ : २९ बजे

पदमुक्त गृहमन्त्री लामिछानेद्वारा प्रधानमन्त्रीसमक्ष राजीनामा पेश

काठमाडौं– सर्वोच्च अदालतको फैसलासँगै पदमुक्त भएका उपप्रधान एवं गृहमन्त्री रवि

अदालतको फैसलाअनुसार म अनागरिक छु : रवि 

काठमाडौं– रवि लामिछानेले अदालतको फैसलालाई स्वीकार गर्ने प्रतिक्रिया दिएका छन्

मिडियामा पीडितको आवाज पातलियो : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौँ- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा पीडित पक्षको आवाजले

पदबाट राजीनामा दिन बालुवाटार जाँदै रवि

काठमाडौं– अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरी खारेज

रविको विपक्षमा फैसला आएपछि सर्वोच्च परिसरमा नाराबाजी

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता