आगामी बैशाखबाट युरो ६ मापदण्डको इन्धन आयात हुने « Khabarhub

आगामी बैशाखबाट युरो ६ मापदण्डको इन्धन आयात हुने


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगमले आगामी बैशाखबाट वातावरणमैत्री युरो ६ मापदण्डको इन्धन आयात गर्ने भएको छ ।

बैशाखदेखि सर्वसाधारणले समेत प्रयोग गर्न पाउने गरी युरो ६ मापदण्डको इन्धन ल्याउन लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले आफ्ना सबै रिफाइनरी केन्द्रमा युरो ६ मापदण्डको इन्धन अपग्रेड गर्ने भएपछि नेपालले पनि त्यही प्रकारको इन्धन ल्याउन लागेको निगमले जानकारी दिएको हो। नेपालले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन आयात गर्दै आएको छ ।

निगमले असोज पहिलो सातादेखि नै युरो ६ मापदण्डको इन्धन प्रयोग गर्न चाहने व्यापारीलाई अनुमति पत्र दिँदै आएको छ। वैशाखदेखि भने सर्वसाधारणले समेत प्रयोग गर्न पाउने निगमले जनाएको छ ।

युरो ६ मापदण्ड इन्धन ल्याएपछि विस्तारै युरो ४ मापदण्डको इन्धन विस्थापित गर्दै लगिने छ ।

निगमका अनुसार हाल प्रयोगमा आइरहेको युरो ४ मापदण्डको इन्धनमा सल्फूरिक एसिड ५० पिपिए छ। युरो ६ मा १० पीपीएमात्रै हुन्छ। यसले वातावरण प्रदूषण कम गराउँछ।

हालको भन्दा गुणस्तरीय इन्धन आएपछि मूल्य पनि बढ्न सक्ने निगमले जनाएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ८ : ४६ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर