कोहलपुरबाट हराएका चार बालकको उद्धार | Khabarhub Khabarhub

कोहलपुरबाट हराएका चार बालकको उद्धार


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- प्रहरीले एक सातादेखि हराएका चारजना बालकको उद्धार गरेको छ । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले बेपत्ता बालबालिकाको उद्धार गरेको हो ।

गत कात्तिक २० गतेदेखि कोहलपुर नगरपालिकाबाट हराएका १२ वर्षीय प्रकाश बिक, ११ वर्षीय दीपक तिरुवा, १३ वर्षीय श्याम बिक र बिक्की विकलाई फेला पारी बुधबार नै घरपरिवारको जिम्मा लगाएको कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

चारैजना बालक हराएपछि उनका परिवारले निवेदन दिने बित्तिकै प्रहरीले खोजी अभियान थालेको थियो । खोजीकै क्रममा उनीहरुलाई भारततर्फ जाँदै गर्दा नेपालगन्ञ्ज-१३ चौलीकामा फेला पारिएको शाहीले बताए ।  केही दिनअघि पनि नेपालगञ्ज–२० बाट हराएका चारजना बालकलाई बर्दियाको जमुनीमा फेला पारी कोहलपुर प्रहरीले उनका आफन्तहरुलाई बुझाएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : ०७ बजे

लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा

सिरहा– लहान नगरपालिका– ४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार

इंग्लिस प्रिमियर लिग : ब्राइटनविरुद्ध एभर्टनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले पहिलो जित दर्ता गरेको

मेची भन्सार कार्यालयबाट आयात र निर्यात दुवै घट्यो

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को पहिलो महिना साउनमा

यी भूभागमा हावाहुरी र भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था