कञ्चनपुरको वडाध्यक्षका लागि पाँचको मनोनयन दर्ता « Khabarhub

कञ्चनपुरको वडाध्यक्षका लागि पाँचको मनोनयन दर्ता


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- आगामी मङ्सिर दोस्रो साता हुने उप निर्वाचनका लागि कञ्चनपुरको पुर्नबास नगरपालिका–३ मा पाँच जनाले उम्मेदवारी दिएका छन् ।

पुर्नबास नगरपालिका–३ का लागि हुने वडाध्यक्षको उप–निर्वाचनका लागि अध्यक्ष पदमा नेकपाबाट कृष्णबहादुर तामाङ, नेपाली काङ्ग्रेसबाट दीपबहादुर तामाङ, समाजवादी पार्टीबाट भीमबहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पद्मबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट श्रीधनबहादुर तामाङको मनोनयन परेको जिल्ला निर्वाचन कार्यालय महेन्द्रनगरका प्रमुख उदयराज जोशीले जानकारी दिए ।

यसअघि उक्त वडाबाट तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको संयोजकमा निर्वाचित भएपछि वडा रिक्त थियो । सो वडामा एक हजार १९९ मतदाता रहेका छन ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : ४५ बजे

लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रण

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन

एक सय १० जनाले गरे रक्तदान

कास्की – पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत्

आर्थिक र सामाजिक रुपान्तरण हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक र

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल