गौतम बुद्धले नै गरेका थिए ७ वर्गका श्रीमतीको वर्णन ! « Khabarhub

गौतम बुद्धले नै गरेका थिए ७ वर्गका श्रीमतीको वर्णन !


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दू शास्त्रमा जस्तै बौद्ध धर्मसम्बन्धी ग्रन्थमा पनि नारीका चरित्र र स्वभावबारे वर्णन गरिएको पाइन्छ । बौद्ध ग्रन्थमा श्रीमतीका प्रकारलाई विभिन्न सात वर्गमा विभाजन गरिएको पाइन्छ ।

भगवान गौतम बुद्ध आफैले सात किसिमका श्रीमतीहरूको बारेमा बयान गरेका हुन् । कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो । त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए । उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए ।

उनले आफ्ना छोराको बिहे सुजाता नामकी एक युवती सँग गरिदिएका थिए । सुजाताको स्वभाव भने विपरीत । एक पटक भगवान अनाथ पिण्डिकको घरमा जाँदा कोलाहल मच्चिरहेको रहेछ । कारण सोध्दा अनाथपिण्डिकले भगवानलाई सबै बताइदिए । त्यसपछि भगवानले सुजातालाई बोलाई सात प्रकारका श्रीमती बारे उपदेश दिएका थिए । यी हुन सात प्रकारका श्रीमती–

(१). बधक श्रीमती : जो स्त्री आफ्ना श्रीमान प्रति द्वेष भाव राख्छे, अहित चिन्तन गर्छे, परपुरुषप्रति आशक्त भएर श्रीमानको अपमान गर्छे, श्रीमानको धनका लागि श्रीमानको बध गराउन पनि पछि पर्दैन, त्यस्ती पत्नी बधक पत्नी हुन्। यस्तो दुशील स्त्री मरणपछि नरक जान्छे।

(२).चोरीसम (चोर) श्रीमती : श्रीमानले कमाएर दिएको धन मध्ये केही अंश लुकाउने श्रीमतीलाई चोरीसम श्रीमती भनिन्छ । यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।

(३). भगिनीसम (बहिनी जस्ती): श्रीमती श्रीमानको सम्मान गर्ने, लज्जालु र पतिले भनेको मान्ने हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

(४). मातुसम (आमा जस्ती) : श्रीमती आमाले छोरोको हित चाहे जस्तै सँधै श्रीमानको हित चाहने हुन्छे । प्राप्त धनलाई राम्रोसित सम्हालेर राख्छे । यस्ती श्रीमती सदाचार युक्त भएकीले मरणपछि स्वर्णलोकमा गएर सुख भोग गर्छे।

(५). आयासम (स्वामिनी) श्रीमती : केही काम नगर्ने, अल्छी, धेरै खाने, कठोर वचन बोल्ने, नोकरचाकरलाई अपमान गर्ने। यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।

(६).सखीभरिया (साथी जस्ती) श्रीमती : श्रीमान देखेर प्रसन्न हुने, आफ्नो कुल परम्परा कायम गर्ने, शीलवती तथा पतिव्रता हुन्छे । यस्ती स्त्री पनि म’रणपछि स्वर्गलोकमा जान्छे।

(७). दासीसम (दासी जस्ती) श्रीमती : कहिल्यै नरिसाउने, शान्त स्वभावकी, दण्ड देखेर डराउने, श्रीमानको कुरा मान्ने, सहनशील हुन्छे । यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे । ”सात प्रकारका श्रीमतीहरुको वर्णनपछि भगवानले सुजातासित सोधे, सुजाता, लोकमा यी सात प्रकारका श्रीमतीहरु छन् । यी मध्ये तिमी आफूलाई कुन प्रकारकी श्रीमती मान्छौ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ७ : ०० बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर