घ्याम्पेडाँडामा जीपलाइन शिलान्यास « Khabarhub

घ्याम्पेडाँडामा जीपलाइन शिलान्यास


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- सूर्यविनायक नगरपालिका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको जीपलाइनको शुक्रबार शिलान्यास गरिएको छ ।

सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा नयाँगाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति तथा ताण्डव इन्भेष्टमेन्ट प्रालिले निर्माण गर्न लागेको जीपलाइनको सांसद महेश बस्नेतले रानीकोटमा शिलान्यास गरेका हुन् ।

घ्याम्पेडाँडा रानीकोटगढी हावाघरबाट शुरु हुने जीपलाइन पाइलटबाबा आश्रम पछाडिको नयाँ गाउँसम्म जाने गरी निर्माण हुने भएको हो । रानीकोटगढी हावाघरमा एउटा पोल र पाइलटबाबा आश्रम पछाडि रहेको नयाँगाउँमा अर्को पोल राखेर तारको माध्यमबाट प्राकृतिक सौन्दर्य अवलोकन गर्दै यात्रा गर्ने गरी जीपलाइन शुरु गर्न लागिएको हो ।

सांसद बस्नेतले गुण्डुबाट घ्याम्पेडाँडा रानीकोटसम्मको ४५ मिनेटको पदयात्रामा पाथीभरा, गोसाइँकुण्ड र अन्नपूर्ण आधारशिविर गएजस्तै अनुभव हुने बताए ।

काठमाडौँबाट १९ किलोमिटरको दूरीमा पर्ने यस स्थानमा सूर्यविनायकबाट सात किलोमिटरको बाटो पाँच करोड लागतमा कालोपत्र भइसकेको चर्चा गर्दै बस्नेतले यहाँको तामाङ बस्तीको कला, संस्कृति र रहनसहनले अझ मनमोहक बनाउने दाबी गरे ।

पर्यटन वर्ष २०२० लाई सफल बनाउन र यस क्षेत्रमा पर्यटकको आवागमन बढाउन पदमार्गसहित, प्याराग्लाइडिङ, बञ्जीजम्प, काक्राबारी इकोभिलेज, घरवाससमेतको योजना अगाडि बढाएर काम शुरु भइसकेको बस्नेतले बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, समितिका सञ्चालक यादव राईलगायतले घ्याम्पेडाँडा र रानीकोटको पर्यटन विकासमा सबै क्षेत्रबाट सहयोग र समन्वय हुने बताए ।

घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति तथा ताण्डव इन्भेष्टमेन्ट प्रालिका अध्यक्ष रोमन शिलाकारले निजी क्षेत्रको रु पाँच करोडको लागतमा शुरु गरिने जीपलाइन तीन महिनापछि सञ्चालनमा आउने बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ८ : २५ बजे

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

सुदूरपश्चिममा– प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८

काठमाडौं र भक्तपुरमा मतदान गर्दै मतदाताहरू (तस्बिरहरू)

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ।

परिवर्तनको आशा बोकेर मतदान

काठमाडौं– डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर

बस्ती स्थानान्तरणको माग राख्दै दाङको २ मतदान केन्द्रका मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– लामो समयदेखि बस्ती स्थानान्तरणको माग राख्दै आएका दाङको दुई

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १