महसुल नतिर्ने २७१ ग्राहक कालोसूचीमा | Khabarhub Khabarhub

महसुल नतिर्ने २७१ ग्राहक कालोसूचीमा


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने २७१ ग्राहकलाई कालोसूचीमा राखेको हो । लाइन काटेको छ महिनाभित्र महसुल नतिरेका ग्राहकलाई कार्यालयले कालोसूचीमा राखेको जनाएको छ ।

कालोसूचीमा पर्नेमा साना घरेलु उद्योग र गृहस्थ ग्राहक रहेका छन् । तीमध्ये नारायणी पोलेथिन प्लाष्टिक उद्योगले सबैभन्दा बढी रकम तिर्न बाँकी रहेको केन्द्रका कम्प्युटर सहायक खेमबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार सो उद्योगले रु तीन लाख विद्युत् रकम तिर्न बाँकी छ । यस्तै, साना उद्योगहरुमा खाद्य मिल, कुखुरा फार्मको बढी बक्यौता रकम छ ।

प्राधिकरणले कालोसूचीमा रहेकाबाट ७८ लाख ९५ हजार ६७८ रकम उठाउन बाँकी छ । चालू आर्थिक वर्षमा कालोसूचीमा परेका चार ग्राहकबाट तीन लाख ५८ हजार १२० सङ्कलन गरेको गुरुङले जानकारी दिए ।

गत आवमा २७५ ग्राहक कालोसूचीमा थिए । प्राधिकरणको नियमावलीअनुसार ६० दिनसम्म पैसा नतिरेका ग्राहकको लाइन काट्ने उल्लेख छ ।

‘विद्युत रिडिङ गरेको ४० दिनसम्म महसुल नतिरे २५ प्रतिशत जरिवाना लाग्ने गर्दछ । ६० दिनसम्म नतिरेमा लाइन काट्ने नियममा उल्लेख छ’, उनले भने, ‘हामीले सकेसम्म ग्राहकबाट पैसा उठाउने भनेर कालोसूचीमा राखेका छैनौँ ।’

अहिलेसम्म रु १९ करोड ८३ लाख १७ हजार विद्युत् महसुल उठाउन बाँकी रहेको गुरुङले बताए ।

यस्तै कार्यालयले चालू आवमा समयमा विद्युत् महसुल नतिर्ने ६०८ ग्राहकको लाइन काटेको छ । लाइन काटेकाबाट कार्यालयले ९२ लाख ९६ हजार ३८१ राजश्व सङ्कलन गरेको छ । चालू आवको चार महिनामा कार्यालयले ७९ करोड ३४ लाख ८९ हजार राजश्व सङ्कलन गरेको हो ।

कार्यालयले घरेलु बत्तीको विद्युत् महसुल सबैभन्दा धेरै उठाउन बाँकी छ । घरेलु ग्राहकको आठ करोड २९ लाख ५५ हजार ४९७ बक्यौता देखिएको छ ।

उद्योगबाट दुई करोड ४९ लाख २० हजार ५८७, सडक बत्तीबाट दुई करोड ४० लाख ६७ हजार १५२, सिँचाइको एक करोड ४८ लाख ४८ हजार ८५४ विद्युत् महसुल बक्यौता रहेको कार्यालयले जानकारी दिएको छ ।

व्यापारिक प्रयोजनबाट रु एक करोड ७२ लाख २७ हजार, गैरव्यापारीबाट रु एक करोड १८ लाख ६१ हजार ३००, गैर सिँचाइबाट ७४ लाख २० हजार, विभिन्न मन्दिरको १४ लाख २९ हजार रकम उठ्न बाँकी छ । भरतपुर वितरण केन्द्रमा ८८ हजार ३७ ग्राहक छन् । कात्तिक महिनादेखि भरतपुर वितरण केन्द्रका पाँच हजार ८१५ ग्राहक चनौली वितरण केन्द्रमा गएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ९ : २७ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै