आन्तरिक सहमति जुटाउन देउवाको कसरत, पौडेलसँग छलफल गर्न बोहराटार पुगे « Khabarhub

आन्तरिक सहमति जुटाउन देउवाको कसरत, पौडेलसँग छलफल गर्न बोहराटार पुगे


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाले पेलेर जाने नीति लिएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले बैठक बहिष्कार गरेपछि सभापति देउवा सहमति जुटाउने कसरतमा लागेका छन् ।

देउवा छलफलका लागि आज (शनिबार) पौडेल निवास बोहराटार पुगेका छन् । बरिष्ठ नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आन्तरिक छलफलका लागि सभापति देउवा आफ्नो निवास आएको उल्लेख गरेका छन् ।

फेसबुकमा पौडेलले लेखेका छन्, ‘पार्टी सभापति , पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उप सभापति विमलेन्द्र निधि आज मेरो निवास बोहराटारमा । पार्टी सहमति र सहकार्यमा संचालन गर्नुपर्ने बारे छलफल ।’

यसअघि केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता पौडेलले सभापतिले पार्टी एकलौटी रुपमा पार्टी चलाउन खोजेको भन्दै त्यसो गरे आफूलाई मान्य नहुने बताएका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  १२ : ०१ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले