आन्तरिक सहमति जुटाउन देउवाको कसरत, पौडेलसँग छलफल गर्न बोहराटार पुगे « Khabarhub

आन्तरिक सहमति जुटाउन देउवाको कसरत, पौडेलसँग छलफल गर्न बोहराटार पुगे


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाले पेलेर जाने नीति लिएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले बैठक बहिष्कार गरेपछि सभापति देउवा सहमति जुटाउने कसरतमा लागेका छन् ।

देउवा छलफलका लागि आज (शनिबार) पौडेल निवास बोहराटार पुगेका छन् । बरिष्ठ नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आन्तरिक छलफलका लागि सभापति देउवा आफ्नो निवास आएको उल्लेख गरेका छन् ।

फेसबुकमा पौडेलले लेखेका छन्, ‘पार्टी सभापति , पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उप सभापति विमलेन्द्र निधि आज मेरो निवास बोहराटारमा । पार्टी सहमति र सहकार्यमा संचालन गर्नुपर्ने बारे छलफल ।’

यसअघि केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता पौडेलले सभापतिले पार्टी एकलौटी रुपमा पार्टी चलाउन खोजेको भन्दै त्यसो गरे आफूलाई मान्य नहुने बताएका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  १२ : ०१ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको