बम विस्फोटको घटनामा संलग्नलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिवद्धता « Khabarhub

बम विस्फोटको घटनामा संलग्नलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिवद्धता


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले धनुषामा गए राति भएको बम विस्फोटको घटनामा संलग्नलाई कारवाही गर्ने बताएका छन् ।

विस्फोटमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहालसिहत तीन जना घाइते भएपछि गृहमन्त्री थापाले यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानूनी कारवाही गरिछाड्ने बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत गृहन्त्री थापाले भनेका छन्,’ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५, महेन्द्रनगरमा गयराति भएको विष्फोटमापरि नेपाल प्रहरीका, प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ । मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । सप्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारवहिको दायरामा ल्याईछाड्ने सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दछु ।’

स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको हो । सोही विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  २ : ४९ बजे

विश्वकप फाइनलअघि स्पेनलाई चिन्ता : लामिन यामालले टोलीको प्रशिक्षण छाडे, चोट बल्झिएको आशंका

एटलान्टा- स्पेनका युवा स्टार लामिन यामालले बिहीबार टोलीको नियमित प्रशिक्षणमा

मलामी गएका युवा दरौँदी नदीमा बगेर बेपत्ता

गोरखा– मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता

जलन उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीद्वारा विज्ञसँग परामर्श

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा जलन उपचार

शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मौसमी प्रणाली

लगातार छैटौँ रात इरानमा अमेरिकी हवाई आक्रमण, भारतको लगानी रहेको चाबहार बन्दरगाह पनि निशानामा

तेहरान- अमेरिकाले शुक्रबार लगातार छैटौँ रात इरानमाथि हवाई आक्रमण गरेको