बम विस्फोटको घटनामा संलग्नलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिवद्धता « Khabarhub

बम विस्फोटको घटनामा संलग्नलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिवद्धता


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले धनुषामा गए राति भएको बम विस्फोटको घटनामा संलग्नलाई कारवाही गर्ने बताएका छन् ।

विस्फोटमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहालसिहत तीन जना घाइते भएपछि गृहमन्त्री थापाले यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानूनी कारवाही गरिछाड्ने बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत गृहन्त्री थापाले भनेका छन्,’ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५, महेन्द्रनगरमा गयराति भएको विष्फोटमापरि नेपाल प्रहरीका, प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ । मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । सप्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारवहिको दायरामा ल्याईछाड्ने सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दछु ।’

स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको हो । सोही विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  २ : ४९ बजे

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको