श्रीमद्भागवतमा लेखिएको छ, कलियुग चरम अवस्थामा पुगेपछि मानिसको आयु २० वर्षमात्रै ! | Khabarhub Khabarhub

श्रीमद्भागवतमा लेखिएको छ, कलियुग चरम अवस्थामा पुगेपछि मानिसको आयु २० वर्षमात्रै !


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमद्भागवत महापुराण बारे तपाईंले सुन्नु भएको छ ? सायद होला । सप्ताह भनेर गरिने धार्मिक अनुष्ठानमा श्रीमद्भागवत पाठ र कथा बाचन गरिन्छ ।

सात दिन सम्म लगाइने उक्त पुराणमा भक्तियोग, ब्रह्माण्डको उत्त्पत्ति, भगवानको बाल चरित्रको वर्णन, समुद्र, पर्वत, नदी, पाताल, नरक आदिको स्थिति। देवता, मनुष्य, पशु, पक्षी आदिका जन्मको कथा, श्रीकृष्णका लिला, रामका कथा, महाभारतका कथा र विभिन्न राजाहरुको चर्चा गरिएको छ भने मानिसको अवस्था, युग र युगअनुसारका चरित्रहरुको पनि व्याख्या गरिएको पाइन्छ । हजारौं वर्ष अघि लेखिएको श्रीमद्भागवत हिन्दूहरूका अठार पुराणहरू मध्येको एक हो ।

हजारौं वर्षअघि लेखिएको यो पुराणमा कलि युगबारे व्याख्या गरिएको छ । कलि युगमा धर्मको पत हुने र जसले गर्दा मनुष्य पनि पतन तर्फ अघि बढ्ने जनाइएको छ ।

जब धर्म को पतन हुनेछ तब मानिसको पतन हुनेछ । मानिसका कारण राजा-प्रजा को अवस्था र खान-पान पनी सही हुनेछैन । यी सबै कारणले मौसम, रोगों र जीवनमाथि सारै नराम्रो प्रभाव पर्छ । जसका कारण मानिसको शरीर खाद्यान्न, ऋतु, जनसंख्याको अवस्था पनि कमजोर र खराव हुनेछ । त्यसैले अहिले कलियुगमा जे भइरहेको छ यो सबै धर्मको पतनका कारण भइरहेको भागवतको भनाइ छ ।

हजारौं वर्ष अघि लेखिएको श्रीमद्भागवत महापुराणमा गरिएको वर्णन अहिलेको युगमा मिलिरहेको विश्वास गरिन्छ ।

जसमध्ये हामीले यहाँ मागवतमा उल्लेख गरिएको दुई वटा श्लोक प्रस्तुत गरिएको छ । कलियुग चरम अवस्थामा पुगेपछि पापीहरुले संसारमा राज गर्ने, मानिसको आयु घट्ने, अन्न बालीका बोट साना हुने र कम फल्ने आदी वर्णन भागवतमा गरिएको छ ।

कलियुगमा मौसम, रोग र जीवनको अवस्था

अनावृष्ट्या विनङ्‌क्ष्यन्ति दुर्भिक्षकरपीडिताः।
शीतवातातपप्रावृड् हिमैरन्योन्यतः प्रजाः॥१०॥
क्षुत्तृड्भ्यां व्याधिभिश्चैव संतप्स्यन्ते च चिन्तया।
त्रिंशद्विंशति वर्षाणि परमायुः कलौ नृणाम्॥११॥
– भागवत पुराण १२.२.१०-११

भावार्थः – कहिले वर्षा न हुने -सूखा हुने हुन्छ । कहिले निकै जाडो हुनेछ त कहिले आँधी चल्नेछ । यी उत्पातसँग तथा आपसको संघर्षबाट प्रजा अत्यन्त पीडित हुनेछन् । मानिहरु भोक प्यास र अरु विभिन्न चिन्ताका कारण दुखि हुनेछन् । रोगबाट मानिसहरुले छुटकारा पाउने छैनन् ।

कलियुगमा मानिसको आयु घट्छ । मनुष्यको औषत आयु केवल बीस या तीस वर्ष हुनेछ ।

कलियुगमा विवाह-सम्बन्ध

दाम्पत्येऽभिरुचिर्हेतुर्मायैव व्यावहारिके।
स्त्रीत्वे पुंस्त्वे च हि रतिर्विप्रत्वे सूत्रमेव हि॥३॥
– भागवत पुराण १२.२.३

भावार्थः – विवाह-सम्बन्धका लागि कुल-शील-योग्यता आदिको वेवास्ता हुनेछ । युवक-युवती को पारस्परिक रुचिबाट नै सम्बन्ध बन्नेछ । व्यवहार को निपुणता वास्तविकता र ईमानदारीता मा हुने छैन । जसले जति छल-कपट गर्न सक्छ उ त्यति नै व्यवहारकुशल मानिनेछ । स्त्री र पुरुष को श्रेष्ठता को आधार उनीहरुको शील-संयम नभएर केवल रतिकौशल(यौन कौशल) हुनेछ । ब्राह्मण को पहिचान उसको गुण-स्वभावबाट होइन यज्ञोपवीत (जनै) बाट हुनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ३ : ४४ बजे

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल