मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली भन्छन् : रोग लाग्नै नदिनुस् « Khabarhub

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली भन्छन् : रोग लाग्नै नदिनुस्


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला रोग गम्भीर समस्याको रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

विश्व मिर्गौला दिवसको अवसरमा त्रिवि शिक्षण अस्पताल टिचिङमा आयोजित  कार्यक्रममा प्रधानमन्त्री ओलीले अनुपयुक्त खानपान र औषधिको अनुचित प्रयोग लगायतका अन्य विभिन्न कारणले मिर्गौला रोगी बढ्दै गएको बताएका हुन् ।

मिर्गौला प्रत्यरोपणसमेत गरेका प्रधानमन्त्री ओलीले मिर्गौला बचाउँन रोग लागेपछि उपचार भन्दा पनि रोग नै लाग्न नदिन सचेत हुनुपर्ने बताए ।

‘किड्नी फेल हुने, किड्नीले काम नगर्ने, किड्नीमामा समस्या हुने क्रम बढ्दै गइरहेको छ, उपचार भन्दा बिरामी नै नहुन सचेत हुन जरुरी छ,’ प्रधानमन्त्री ओलीले भने, ‘किड्नीको सम्बन्धमा नेपाल सरकारले ध्यान दिएको छ, किड्नीको डायलाइसिसलाई ३ वर्षअघि निशूल्क प्रारम्भ गरेको छ । त्यसलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउनेतर्फ पनि सोचिरहेका छौं ।’

प्रधानमन्त्री ओलीले किड्नी बचाउँन सकिने र त्यसका लागि सचेतना जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओली आफै पनि मिर्गौला प्रत्यरोपण गरेका व्यक्ति हुन् । उनले २०६४ सालमा भारतको एपोलो अस्पतालमो मिर्गौला प्रत्यारोपण गरेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  १ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै