मिर्गौला सम्बन्धी रोगको कारण र बच्ने उपाय « Khabarhub

मिर्गौला सम्बन्धी रोगको कारण र बच्ने उपाय


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मिर्गौलाले रगतलाई सफा गरेर शरीरमा भएका फोहोरलाई फ्याँक्ने काम गर्छ । मिर्गौलाले शरीरमा पानीको मात्रालाई पनि सन्तुलनमा राख्ने काम गर्छ ।

मिर्गौलाले रक्तचाप नियन्त्रण गर्नुका साथै सोडियम, पोटासियमलाई सन्तुलनमा राख्ने र भिटामिन डि र रातो रक्तकोशिका निमार्णमा मद्दत गर्छ । तर मिर्गौला सम्बन्धी रोग लागेमा मिर्गौलाले यी कामहरु गर्न सक्दैन ।

मिर्गौलासम्बन्धी रोग यसकारण लाग्छ

संक्रमण

पत्थरी

प्रोस्टेटको रोग

मधुमेह

उच्च रक्तचाप

औषधिको अनुचित प्रयोग

मिर्गौलामा संक्रमण

जन्मजात रोगहरु

प्रतिरक्षात्मक रोग

मिर्गौला सम्बन्धी रोगका लक्षण यी हुन्

मिर्गौला सम्बन्धी रोग लाग्दा शुरुवाती चरणमा लक्षण नदेखिन पनि सक्छ । मिर्गौला रोगको लक्षण नदेखिने भएकाले हेर्दा स्वास्थ्य देखिने व्यक्तिको पनि परीक्षण गर्दा मिर्गौला फेल भएको पाइने गरेको चिकित्सकहरु बताउँछन् ।

कतिपय अवस्थामा भने मिर्गाला रोगको लक्षण देखिन सक्छ ।

मिर्गौला सम्बन्धी रोगको लक्षण

वाकवाक लाग्नु

पिसाब धेरै हुनु वा धेरै कम हुनु

पिसाबमा फिंज हुनु

सधै थकाई लागिरहनु

खान मन नलाग्नु

पिसाबमा रगत देखिनु

छाला सुख्खा हुने तथा चिलाउने

शरीरको मासु बाउँडिनु

निद्रा नलाग्नु मिर्गौला सम्बन्धि रोगका लक्षण हुन् । यस्ता लक्षणहरु देखिएमा नजिकैको स्वास्थ्यसंस्थामा मिर्गौला परिक्षण गर्नुपर्छ ।

मिर्गौला रोगबाट यसरी बच्न सकिन्छ

स्वास्थ्य,ताजा र पौष्टिक खाना नियमित खाने ।

फलफूल र सागसब्जी बढी खाने ।

प्रतिव्यक्ति दैपन ५ ग्राम भन्दा कम नुन खाने ।

दैनिक तीन लिटर पानी पिउने ।

धुम्रपान तथा मदिरा सेवन नगर्ने ।

दैनिक कम्तिमा ३० मिनेट पसिना आउनेगरी व्यायाम गर्ने

चिकित्सकको सिफारिस विना औषधि सेवन नगर्ने ।

नियमित रुपमा स्वास्थ्य जाँच गराउने ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ६ : ४६ बजे

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा