मसुद अजहरलाई कालोसूचीमा राख्ने प्रस्ताव चीनले रोक्यो « Khabarhub

मसुद अजहरलाई कालोसूचीमा राख्ने प्रस्ताव चीनले रोक्यो


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– पाकिस्तानमा आधारित आतंकवादी समूह जैश ए मोहम्मदका नेता मौलाना मसुद अजहरलाई आतंककारी घोषणा गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को एक समितिमा राखेको प्रस्ताव चीनले रोकेको छ ।

मौलाना मसुद अजहरलाई आतंककारीको कालोसूचीमा राख्न गरेको प्रस्ताव चीनले रोकेको हो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को इस्लामिक स्टेट तथा अल कायदा नाकाबन्दी समितिमा जैश ए माहम्मदका नेता मसुद अजहरलाई नाकाबन्दीको कालोसूचीमा राख्न प्रस्ताव गरिएको थियो ।

अमेरिका, बेलायत र फ्रान्सले मसुद अजहरलाई नाकाबन्दीको कालोसूचीमा राखेर उनको सम्पत्ती रोक्का गर्ने, उनलाई भ्रमणमा प्रतिबन्ध लगाउने तथा उनको हतियार खरिदविक्रीमा प्रतिबन्ध लगाउने बारे नाकाबन्दी समितिमा प्रस्ताव गरेका थिए ।

चीनले सबै पक्षलाई अनुकूल हुने प्रस्तावमात्र स्वीकार गर्ने भन्दै मसुद अजहरलाई नाकाबन्दीको कालोसूचीमा राख्ने प्रस्ताव अस्वीकार गरेको जनाउँदै आएको थियो । भारतले भने चीनको कदमप्रति दुःख व्यक्त गरेको प्रतिक्रिया दिएको छ ।

जैश ए मोहम्मदले गत फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरको पुलावामामा भएको आत्मघाती आक्रमणको जिम्मा लिएको थियो । उक्त आक्रमणमा ४० जनाभन्दा धेरै भारतीय अर्धसैनिकको ज्यान गएको थियो ।

त्यस आक्रमणपछि भारतले सुरक्षा परिषद्मा त्यस समूहका नेता मसुद अजहरलाई नाकाबन्दीको कालोसूचीमा राख्न प्रस्ताव गरेको थियो ।
चीनले जैश ए मोहम्मदका नेतालाई नाकाबन्दीको कालोसूचीमा राख्न अस्वीकार गरेको यो चौथो पटक हो ।

मौलाना मसुद अजहर हाल पाकिस्तानमा छन् । भारतले उनी भारतमा हुँदै आएका विभिन्न आतंकवादी आक्रमणमा संलग्न रहेको भन्दै उनलाई कानूनसम्मत कारवाही गर्न पाकिस्तानसमक्ष आग्रह गर्दै आएको छ । तर, उनको राजनीतिक तथा धार्मिक प्रभावका कारण पाकिस्तानले त्यसो गरेको छैन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ६ : ५४ बजे

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट