इङ्लिस प्रिमियर लिग : टोटनह्याम र युनाइटेडको स्तरवृद्धि « Khabarhub

इङ्लिस प्रिमियर लिग : टोटनह्याम र युनाइटेडको स्तरवृद्धि


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– इङ्लिस प्रिमियर लिगमा जीत हात पारेका टोटनह्याम हट्सपुर र म्यान्चेस्टर युनाइटेडले आफ्नो स्तरवृद्धि गरेका छन् । चौथौ स्थानमा रहेको टोटनह्यामले हडर्सफिल्डलाई पराजित गर्दै शीर्ष तेस्रो स्थानमा उक्लिएको छ भने छैठौं स्थानमा रहेको युनाइटेडले वेष्ट हाम युनाइटेडलाई पराजित गर्दै शीर्ष ५ मा स्थान पक्का गरेको छ ।

टोटनह्यामले हडर्सफिल्डलाई ४—० गोल अन्तरले पराजित गरेको थियो । टोटनह्यामका लागि लुकाज माउराले ह्याट्रिक गरे भने भिक्टर वान्यमाले एक गोल गरेका थिए । माउराले खेलको २७, ८७ र ९३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए भने वानयामले २४ औं मिनेटमा गोल गरेका थिए ।

आक्रमक बनेको टोटनह्यामविरुद्ध हडसैफिल्डले गोल फर्काउन सकेन । जीतसँगै शीर्ष तेस्रो बनेको टोटनह्यामको चौथो स्थानको चेल्सीभन्दा १ अंकले अघि रहेको छ । टोटनह्यामको ६७ अंक छ ।

शनिबार रानति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले वेष्टहामलाई २—१ गोल अन्तरले पराजित गरेको थियो । युनाइटेडका लागि पाउल पोग्वाले दुवै गोल पेनाल्टीमार्फत् गरे । उनले खेलको १९ औं र ८० औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गरेका थिए ।

जीत हात पारेको युनाइटेड छैठौं स्थानबाट पाँचौमा बडुवा भएको हो । युनाइटेडले ६४ अंक जोडेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ११ : ३४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार