संसारकै ठूलो बिमानले उडान भर्‍यो « Khabarhub

संसारकै ठूलो बिमानले उडान भर्‍यो


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ३ सय ८५ फिट लम्बाई भएको संसारकै सबैभन्दा ठूलो बिमानले पहिलोपटक अमेरिकाबाट उडान भरेको छ । अमेरिकी फुटबल मैदानको आकारमा रहेको बिमानमा ६ वटा इन्जिन रहेका छन् ।

स्ट्रेटोलन्च नामक कम्पनीले निमार्ण गरेको यो बिमान अन्तरिक्षमा सेटेलाइट छोड्नु अघि १० किलोमिटरसम्म उडान गर्ने उद्देश्यका साथ निर्माण गरिएको बताइएको छ ।

बिमानमा ३८५ फिट लामो पंखा, २ वटा ककपीट, ५ लाख पाउण्ड भन्दा बढी तौल रहेको छ।
सफल परीक्षणपछि यो बिमानले अन्तरिक्षमा कुनै सामान पठाउँदा प्रयोग गरिने रकेट पठाउनुभन्दा पनि सस्तो र सुलभ हुने बताइएको छ ।
यो बिमानबाटै रकेटहरु पनि परीक्षण गर्न सक्ने खालको रहेको छ। बिमानको लागत अहिलेसम्म सार्वजनिक गरिएको छैन।

सीएनएनका अनुसार झण्डै साढे २ घण्टा परीक्षण उडानका क्रममा बिमानले १५ हजार फिटभन्दा उचाइमा प्रतिघण्टा १ सय ७० माइल उडेको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ३ : ०० बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ