आईपीएल : हैदरावाद र दिल्ली भिड्दै, सन्दीप टिममा पर्लान् ? « Khabarhub

आईपीएल : हैदरावाद र दिल्ली भिड्दै, सन्दीप टिममा पर्लान् ?


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले आज (आइतबार) सनराइजर्स हैदरावदसँग प्रतिस्पर्धा गर्दैछ । हैदरावादको घरेलु मैदानमा हुने खेलमा दुवै टोली जीतको खोजिमा हुनेछन् ।

सात खेल खेलेको दिल्ली ८ अंकसहित अंक तालिकामा चौथो स्थानमा रहेको छ भने हैदरावाद छैठौं स्थानमा छ । युवा खेलाडीको र्वचश्व रहेको दिल्लीका लागि कहिले रिसभ पन्त, कप्तान श्रयस अयर र पृथ्वी शाले मुख्य भूमिका खेल्दै आएका छन् ।

यी युवा खेलाडीका अलावा बलिङतर्फ कागिसो राबाडाले पनि टिमका लागि महत्वपूर्ण योगदान दिइरहेका छन् । यस्तै हैदरावादका लागि अस्टेलियाका ब्याट्सम्यान डेभिड वार्नर, जोन व्रिस्टो र केन विलियमसनले ब्याटिङमा साथ दिएका छन् ।

वार्नरले आईपीएलको यो सिजनमा ३ अर्धशतक र १ शतक प्रहार गर्दै सर्वाधिक ३ सय४९ रन बनाएका छन् । यस्तै, हैदरावादको घरेलु मैदानमा पाहुना टोलीमाथि वार्नर धातक हुनसक्ने देखिन्छ ।

दिल्लीका महत्वपूर्ण स्पिनरका रुपमा रहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने आजको खेलमा मैदान उत्रिने अवसर पाउलान् भन्ने पनि यतिबेला महत्वपूर्ण प्रश्न बनेको छ । आईपीएलमा ४ खेल खेलेका सन्दीप हैदरावादविरुद्ध मैदान उत्रिनेमा अधिकाशंले आशंका गरेका छन् ।

यसअघि दिल्लीको कलकत्ताविरुको खेलमा महँगा सावित भएका थिए । जसमा उनले ४६ रन खर्चेर १ विकेट लिएका थिए । उनले यो सिजनमा दिल्लीले खेलेका ७ मध्ये ४ खेल खेल्ने अवसर पाएका छन् भने ५ विकेट पनि लिएका छन् । दिल्लीका अर्का बलर कागिसो राबाडा भने आईपीएलको यो सिजनमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले ७ खेलमा १३ विकेट लिएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ४ : ०२ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू