अब गाउँ मात्रै हैन, धारा पनि छाउपडी मुक्त ! | Khabarhub Khabarhub

अब गाउँ मात्रै हैन, धारा पनि छाउपडी मुक्त !


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– सामाजिक कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अन्मुलनका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा व्याप्त यो प्रथा अन्मुलनका लागि गैरसरकारी संस्था पनि उत्तिकै ‘सक्रिय’ छन् । तर, अहिलेसम्म छाउपडी प्रथा अन्मुलनका क्षेत्रमा प्रभावकारी काम भएको देखिँदैन ।

दार्जुलाको अपिहिमाल गाउँपालिकाले छाउडपडी प्रथा अन्त्य गर्ने एउटा नयाँ जुक्ति निकाले छ ।

गाउँपालिकाले छाउमुक्त अभियानअन्तर्गत सार्वजनिक धारा र शौचालय निर्माण गर्न थालेको छ । यस्ता धारामा छाउपडी र छुवाछुतजन्य व्यवहार गर्न पाइने छैन ।

चालू आर्थिक वर्षमा गाउँपालिकाले ३ लाख रुपैयाँका दरले ३ वडामा छाउमुक्त धारा निर्माण गरिएको छ ।

विगतमा महिनावारी हुँदा छुट्टै धारामा नुहाउनुपर्ने, दलित गैर–दलितले छुट्टै धाराको पानी भर्नुपर्ने परम्पराको अन्त्यका लागि छाउमुक्त धारा निर्माण शुरु गरिएको हो ।

आगामी आर्थिक वर्षमा सबै वडा र वस्तीसम्म छाउमुक्त धारा निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ४ : ४९ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार