अब गाउँ मात्रै हैन, धारा पनि छाउपडी मुक्त ! « Khabarhub

अब गाउँ मात्रै हैन, धारा पनि छाउपडी मुक्त !


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– सामाजिक कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अन्मुलनका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा व्याप्त यो प्रथा अन्मुलनका लागि गैरसरकारी संस्था पनि उत्तिकै ‘सक्रिय’ छन् । तर, अहिलेसम्म छाउपडी प्रथा अन्मुलनका क्षेत्रमा प्रभावकारी काम भएको देखिँदैन ।

दार्जुलाको अपिहिमाल गाउँपालिकाले छाउडपडी प्रथा अन्त्य गर्ने एउटा नयाँ जुक्ति निकाले छ ।

गाउँपालिकाले छाउमुक्त अभियानअन्तर्गत सार्वजनिक धारा र शौचालय निर्माण गर्न थालेको छ । यस्ता धारामा छाउपडी र छुवाछुतजन्य व्यवहार गर्न पाइने छैन ।

चालू आर्थिक वर्षमा गाउँपालिकाले ३ लाख रुपैयाँका दरले ३ वडामा छाउमुक्त धारा निर्माण गरिएको छ ।

विगतमा महिनावारी हुँदा छुट्टै धारामा नुहाउनुपर्ने, दलित गैर–दलितले छुट्टै धाराको पानी भर्नुपर्ने परम्पराको अन्त्यका लागि छाउमुक्त धारा निर्माण शुरु गरिएको हो ।

आगामी आर्थिक वर्षमा सबै वडा र वस्तीसम्म छाउमुक्त धारा निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ४ : ४९ बजे

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा

करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याइयो

काठमाडौं– आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज,

जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु

काठमाडौं– आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी