धार्मिक अन्धविश्वासको असर : एकै वडामा १६३ को बालविवाह | Khabarhub Khabarhub

धार्मिक अन्धविश्वासको असर : एकै वडामा १६३ को बालविवाह


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– सरकारले जनचेतनाका नाममा करोडौंको बजेट खर्च गरेपनि समाजमा भने अझै पनि पूण्य कमाउने बालविवाह हुने गरेको पाइएको छ ।

सुदूरपश्चिममा अझै पनि धार्मिक अन्धविश्वासको असरका रुपमा बालविवाह कायमै छ । डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १ सय ६३ बालविवाह भएको छ ।

एक गैरसरकारी संस्थाले ३ वर्ष लगाएर गरेको अध्ययनका अनुसार एकै वडामा १ सय ६३ बालविवाह भएको देखिएको हो । सामुदायिक विकास केन्द्र (सीडीसी) नामक संस्थाले लडागडामा ३ वर्षदेखि बालविवाहका सन्दर्भमा अध्ययन गरेको थियो ।

सीडीसीले सार्वजनिक गरेको तथ्याङ्कमा २०७३ सालमा ३८, २०७४ मा ५६ र २०७५ मा ६९ को बालविवाह भएको उल्लेख छ । त्यस्तै विसं २०७३ वैशाखदेखि २०७५ चैत मसान्तसम्म १ सय ३३ बालिका र २७ बालकको बालविवाह भएको सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडूले जानकारी दिए ।

‘विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन्, केहीले लहैलहैमा लागेर त केहीले पुण्य कमाउने नाममा बालविवाह गरेको देखिन्छ,’ परियोजनाका जिल्ला संयोजक बडू भन्छन् ।

बालविवाह समाज, क्षेत्र वा जाति विशेषभन्दा पनि सबैमा समान रहेको पाइएको छ । यसरी पुण्यका नाममा बालविवाह गर्नेमा जनजाति ५, दलित ६०, क्षेत्री समुदायमा ९८ रहेको उक्त संस्थाले गरेको अनुसन्धानमा देखिएको छ ।

परिवारको दवाब, मोबाइल तथा इन्टरनेटको प्रयोग, लहैलहैमा, गरीबी, राम्रो घर परिवार पाउँदा चाँडो विवाह गर्ने मान्यताका कारण बालविवाह हुने गरेको संस्थाले जनाएको छ । कतिपय अवस्थामा मेला पर्वमा पनि कम उमेरकै बालबालिकाहरुले भागेर विवाह गर्ने गरेको पनि संस्थाको अध्ययनबाट देखिन्छ ।

उक्त वडामा हालसम्म परिवारको दवाबले ३१, मोबाइल तथा इन्टरनेटको प्रयोगले ३३, गरीबीले १, राम्रो घर परिवार पाउँदा ७, चाँडो विवाह गर्ने मान्यतामा ५, मेला पर्वमा १, भविष्य राम्रो हुने आशामा १ र अन्य ८० गरी जम्मा १६३ को विवाह भएको पाइएको जिल्ला संयोजक बडूले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ११ : २५ बजे

रविको पक्षमा बुटवल-भैरहवा मोटरसाइकल र्‍याली (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई पक्राउ गरी

१४ अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब 

काठमाडौं– साताको अन्तिम शेयर बजार बढेर बन्द भएको छ। बिहिबार नेपाल

वैश्विक जीवाश्म इन्धन उत्सर्जन बढ्ने

काठमाडौं– अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको नयाँ अनुसन्धानअनुसार जीवाश्म इन्धन उत्सर्जन यस वर्ष

मुस्ताङको स्याउ : बढ्दो माग, पुर्‍याउन धौधौ

गण्डकी– मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो । पोखरामा  यहाँको

करिब ३१ किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुर – हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब