पर्सामा यस्तो पनि संयोग– एकैदिन ३ महिला र १ पुरुषले गरे विष सेवन | Khabarhub Khabarhub

पर्सामा यस्तो पनि संयोग– एकैदिन ३ महिला र १ पुरुषले गरे विष सेवन


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वीरगन्ज– पर्सा जिल्लामा सोमबार एकै दिन ३ महिना र एक पुरुष गरी ४ जनाले विष सेवन गरेका छन् । विष सेवन गर्नेममा ३ जना महिला वीरगन्ज महानगरपालिकाका छन् भने १ जना पुरुष कालिकामाइ गाउँपालिकाका छन् ।

वीरगन्ज महानगरपालिका–२५ बस्ने बलिराम महराकी २५ वर्षीया श्रीमती फुलकान्ती देवी महराले विषय सेवन गरेकी छन् । नाम नखुलेको विष सेवनबाट बहोस भएकी फुलकान्तीको नारायणी अस्पतालमा प्रारम्भिक उपचार भएको जनाइएको छ । थप उपचारका लागि अन्यत्र रिफर गरिएको अस्पतालले जनाएको छ ।

सोमबार नै वीरगन्ज महानगरपालिका–३१ सोलखपुर बस्ने मुकेश चौधरीकी १९ वर्षीया श्रीमती अञ्जली कुमारी पनि विष सेवन गरेको अवस्थामा फेला परिन् । अञ्जलीको नारायणी अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।

यस्तै वीरगन्ज महानगरपालिका २ छपकैयाकी २४ वर्षीया प्रिति शाहीले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ । विष सेवन गरेर बिरामी परेकी शाहीको तराईं अस्पतालमा उपचार भइरहेको छ ।

पर्साकै कालिकामाइ गाउँपालिका–१ बस्ने चोकट पासवानका २५ वर्षीया छोरा हिकेश पासवानले पनि विष सेवन गरेका छन् । घरायसी विवादका कारण हिकेशले विष सेवन गरेको प्रहरीले जनाएको छ ।

विष सेवन गरेर बिरामी परेका हिकेशको नारायणी अस्पतालमा प्रारम्भिक उपचार पछि अहिले नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ११ : ५१ बजे

कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुका

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंसिर २० गते) बुधबारका

आज बुधबार : कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ।

छातीमा असहज भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना

काठमाडौं – छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी

आज २०८० साल मंसिर २० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २० गते बुधबार। ज्योतिष