पर्सामा यस्तो पनि संयोग– एकैदिन ३ महिला र १ पुरुषले गरे विष सेवन « Khabarhub

पर्सामा यस्तो पनि संयोग– एकैदिन ३ महिला र १ पुरुषले गरे विष सेवन


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वीरगन्ज– पर्सा जिल्लामा सोमबार एकै दिन ३ महिना र एक पुरुष गरी ४ जनाले विष सेवन गरेका छन् । विष सेवन गर्नेममा ३ जना महिला वीरगन्ज महानगरपालिकाका छन् भने १ जना पुरुष कालिकामाइ गाउँपालिकाका छन् ।

वीरगन्ज महानगरपालिका–२५ बस्ने बलिराम महराकी २५ वर्षीया श्रीमती फुलकान्ती देवी महराले विषय सेवन गरेकी छन् । नाम नखुलेको विष सेवनबाट बहोस भएकी फुलकान्तीको नारायणी अस्पतालमा प्रारम्भिक उपचार भएको जनाइएको छ । थप उपचारका लागि अन्यत्र रिफर गरिएको अस्पतालले जनाएको छ ।

सोमबार नै वीरगन्ज महानगरपालिका–३१ सोलखपुर बस्ने मुकेश चौधरीकी १९ वर्षीया श्रीमती अञ्जली कुमारी पनि विष सेवन गरेको अवस्थामा फेला परिन् । अञ्जलीको नारायणी अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।

यस्तै वीरगन्ज महानगरपालिका २ छपकैयाकी २४ वर्षीया प्रिति शाहीले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ । विष सेवन गरेर बिरामी परेकी शाहीको तराईं अस्पतालमा उपचार भइरहेको छ ।

पर्साकै कालिकामाइ गाउँपालिका–१ बस्ने चोकट पासवानका २५ वर्षीया छोरा हिकेश पासवानले पनि विष सेवन गरेका छन् । घरायसी विवादका कारण हिकेशले विष सेवन गरेको प्रहरीले जनाएको छ ।

विष सेवन गरेर बिरामी परेका हिकेशको नारायणी अस्पतालमा प्रारम्भिक उपचार पछि अहिले नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ११ : ५१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन