पर्सामा यस्तो पनि संयोग– एकैदिन ३ महिला र १ पुरुषले गरे विष सेवन | Khabarhub Khabarhub

पर्सामा यस्तो पनि संयोग– एकैदिन ३ महिला र १ पुरुषले गरे विष सेवन


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वीरगन्ज– पर्सा जिल्लामा सोमबार एकै दिन ३ महिना र एक पुरुष गरी ४ जनाले विष सेवन गरेका छन् । विष सेवन गर्नेममा ३ जना महिला वीरगन्ज महानगरपालिकाका छन् भने १ जना पुरुष कालिकामाइ गाउँपालिकाका छन् ।

वीरगन्ज महानगरपालिका–२५ बस्ने बलिराम महराकी २५ वर्षीया श्रीमती फुलकान्ती देवी महराले विषय सेवन गरेकी छन् । नाम नखुलेको विष सेवनबाट बहोस भएकी फुलकान्तीको नारायणी अस्पतालमा प्रारम्भिक उपचार भएको जनाइएको छ । थप उपचारका लागि अन्यत्र रिफर गरिएको अस्पतालले जनाएको छ ।

सोमबार नै वीरगन्ज महानगरपालिका–३१ सोलखपुर बस्ने मुकेश चौधरीकी १९ वर्षीया श्रीमती अञ्जली कुमारी पनि विष सेवन गरेको अवस्थामा फेला परिन् । अञ्जलीको नारायणी अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।

यस्तै वीरगन्ज महानगरपालिका २ छपकैयाकी २४ वर्षीया प्रिति शाहीले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ । विष सेवन गरेर बिरामी परेकी शाहीको तराईं अस्पतालमा उपचार भइरहेको छ ।

पर्साकै कालिकामाइ गाउँपालिका–१ बस्ने चोकट पासवानका २५ वर्षीया छोरा हिकेश पासवानले पनि विष सेवन गरेका छन् । घरायसी विवादका कारण हिकेशले विष सेवन गरेको प्रहरीले जनाएको छ ।

विष सेवन गरेर बिरामी परेका हिकेशको नारायणी अस्पतालमा प्रारम्भिक उपचार पछि अहिले नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ११ : ५१ बजे

आयोगले सार्वजनिक गर्यो फागुन २१ को निर्वाचन कार्यक्रम

काठमाडौं- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि

फ्लड लाइटमा एनपीएल खेल्न मिल्ने गराएर त्रिवि रंगशाला क्यानलाई हस्तान्तरण

काठमाडौं – प्यारापिट राख्ने र फ्लड लाइट जडान गरेपछि सरकारले

जेन-जी नेताहरूलाई कांग्रेस-एमालेको डर, सम्झौताका लागि बढाउँदै सरकारमाथि दबाब

काठमाडौं– जेन-जीहरूले सरकारसँग सम्झौताका लागि ११ बुँदे माग शुक्रबार प्रधानमन्त्री

नेपाल ट्रस्टको जग्गा लिज प्रकरण : पक्राउ परे पूर्वसचिव अर्जुन कार्की

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल ट्रस्टको जग्गा लिज