अक्षय कुमारको ‘सूर्यवंशी’ मा यी खतरनाक खलनायकको इन्ट्री ! « Khabarhub

अक्षय कुमारको ‘सूर्यवंशी’ मा यी खतरनाक खलनायकको इन्ट्री !


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड निर्देशक रोहित सेट्टीले निर्देशन गर्ने फिल्म फरक खाले हुन्छन् । अजय देवगनसँग सिंघम, सिंघम रिटर्न्स, रणवीर सिंहसँग सिम्बाजस्ता फिल्म बनाएर चर्चा कमाएका रोहित अब सूर्यवंशी फिल्म बनाउँदैछन् ।

रोहितको फिल्ममा जति हिरोको भूमिका हुन्छ, त्यति नै खलनायकको पनि हुन्छ । पहिले खबर आएको थियो कि, यो फिल्ममा खलनायकको भूमिकामा सोनू सुदको नाम अगाडि आएको छ । तर, अहिले फिल्ममा दोस्रो खलनायकको चर्चा भइरहेको छ ।

खबरका अनुसार अक्स, गुलाल, मम जस्ता फिल्ममा नकारात्मक भूभिका निभाएका अभिमन्यु सिंहले ‘सूर्यवंशी’ मा अक्षयकुमारसँग टक्कर लिँदैछन् । उनले कैयन् फिल्ममा नकारात्मक भूमिका निभाइसकेका छन् ।

अभिमन्युले एक अन्तर्वार्तामा रोहितले आफूलाई तमिल एक्सन थ्रीलर फिल्म थीरान हेरेर रुचाएको बताएका छन् । उक्त फिल्ममा अभिमन्यु एक खलनायकको भूमिकामा छन् । त्यही फिल्म हेरेर रोहित सेट्टीले आफूलाई सूर्यवंशीबाट अफर आएको बताएका छन् ।

‘सूर्यवंशी’ मा आफ्नो भूमिकाका बारेमा बताउँदै अभिमन्युले भने, ‘मेरो भूमिका निकै अप्रत्याशित र घातक छ, पात्रले देशका पूरै प्रहरीका विरुद्ध एउटा युद्ध थालेको हुन्छ, अक्षय कुमारसँग काम गर्दाको पहिलो दिन अद्भुत थियो ।’

यो फिल्म आतंकवादको विरुद्धमा हुनेछ । फिल्ममा अक्षय कुमार एक एटीएस अफिसको भूमिकामा हुनेछन् । फिल्म सन् २०२० को ईदमा रिलिज हुने भनिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १२ : ४५ बजे

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १

चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए

चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन

फागुन २१ मेरो जीवनको पुनर्जन्म हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन

तनहुँमा किरियापुत्रीद्वारा मतदान

डुम्रे– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ ।

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी