अक्षय कुमारको ‘सूर्यवंशी’ मा यी खतरनाक खलनायकको इन्ट्री ! « Khabarhub

अक्षय कुमारको ‘सूर्यवंशी’ मा यी खतरनाक खलनायकको इन्ट्री !


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड निर्देशक रोहित सेट्टीले निर्देशन गर्ने फिल्म फरक खाले हुन्छन् । अजय देवगनसँग सिंघम, सिंघम रिटर्न्स, रणवीर सिंहसँग सिम्बाजस्ता फिल्म बनाएर चर्चा कमाएका रोहित अब सूर्यवंशी फिल्म बनाउँदैछन् ।

रोहितको फिल्ममा जति हिरोको भूमिका हुन्छ, त्यति नै खलनायकको पनि हुन्छ । पहिले खबर आएको थियो कि, यो फिल्ममा खलनायकको भूमिकामा सोनू सुदको नाम अगाडि आएको छ । तर, अहिले फिल्ममा दोस्रो खलनायकको चर्चा भइरहेको छ ।

खबरका अनुसार अक्स, गुलाल, मम जस्ता फिल्ममा नकारात्मक भूभिका निभाएका अभिमन्यु सिंहले ‘सूर्यवंशी’ मा अक्षयकुमारसँग टक्कर लिँदैछन् । उनले कैयन् फिल्ममा नकारात्मक भूमिका निभाइसकेका छन् ।

अभिमन्युले एक अन्तर्वार्तामा रोहितले आफूलाई तमिल एक्सन थ्रीलर फिल्म थीरान हेरेर रुचाएको बताएका छन् । उक्त फिल्ममा अभिमन्यु एक खलनायकको भूमिकामा छन् । त्यही फिल्म हेरेर रोहित सेट्टीले आफूलाई सूर्यवंशीबाट अफर आएको बताएका छन् ।

‘सूर्यवंशी’ मा आफ्नो भूमिकाका बारेमा बताउँदै अभिमन्युले भने, ‘मेरो भूमिका निकै अप्रत्याशित र घातक छ, पात्रले देशका पूरै प्रहरीका विरुद्ध एउटा युद्ध थालेको हुन्छ, अक्षय कुमारसँग काम गर्दाको पहिलो दिन अद्भुत थियो ।’

यो फिल्म आतंकवादको विरुद्धमा हुनेछ । फिल्ममा अक्षय कुमार एक एटीएस अफिसको भूमिकामा हुनेछन् । फिल्म सन् २०२० को ईदमा रिलिज हुने भनिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १२ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै