राजधानीमा ग्यारेज चलाउनेको धन्दा, मोटरसाइकल चोरेर पाटपूर्जा बिक्री ! « Khabarhub

राजधानीमा ग्यारेज चलाउनेको धन्दा, मोटरसाइकल चोरेर पाटपूर्जा बिक्री !


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी पाटपूर्जा बिक्री गर्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत शनिबार (वैशाख २८ गते) काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा पार्किङ गरी राखिएको प्र.३–००२–००३प ८१३१ नम्बरको मोटरसाइकल चोरी भएको उजुरीका आधारमा छानबिन गर्दा प्रहरीले मोटरसाइकल चोरी गरेर पाटपूर्जा बिक्री गर्ने ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको शंखरपुर–५ घर भइ कागेश्वर मनोहरा– १ गागलफेदीमा ग्यारेज सञ्चालन गरी बस्ने २६ वर्षीय तिलक बहादुर तामाङ, शंखरपुर–४ जर्सिङपौवा घर भएका २२ वर्षीय निराजन ओझा र गागलफेदी बस्ने १८ वर्षीय महोम्मद सजाद खान छन् ।

उनीहरुले अत्तरखेलबाट चोरी गरेको मोटरसाइकल गागलफेदीमा ल्याएर लुकाएर राखेका थिए । उक्त मोटरसाइकलबाट पाटपूर्जा झिकिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले यसअघि पनि विभिन्न मोटरसाइकल चोरी गरी आफ्नै वर्कशपबाट पाटपूर्जाहरु बिक्री गर्ने गरेका थिए ।

प्रहरीले उनीहरुले सञ्चालन गरेको ग्यारेजबाट चोरीका मोटरसाइकलमा पाटपूर्जा समेत बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  २ : ३० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार