खल्तीमा चरेश बोकेर विमानस्थल पुगेपछि… « Khabarhub

खल्तीमा चरेश बोकेर विमानस्थल पुगेपछि…


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी) र विमानस्थल सुरक्षा गार्डको कार्यालयले कुकुरको प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट चरेशसहित १ जनालाई पक्राउ गरेको छ ।

विमानस्थलमा रहेको एनसीबीको शाखा कार्यालय र सुरक्षा गार्डको कार्यालयबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा चड्के चेकजाँच गर्दा एक जनालाई चरेशसहित पक्राउ गरेको हो ।

प्रहरीको टोलीले केनाइन कुकुरको मद्दतबाट ४.५ ग्राम चरेशरहित अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको पार्किङ र्‍याडबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको पिपलबोट घर भएका ४३ वर्षीय राजु श्रेष्ठ छन् ।

प्रहरीसँगको बयानका क्रममा राजुले आफूलाई रेवा पुरी नाम गरेका व्यक्तिले चरेश दिएको बताएका थिए । राजुको बयानका आधारमा प्रहरीले मकवानपुरको थाहा नगरपालिका–८ घर भएका रेवा पुरीलाई पनि काठमाडौंको तिलगंगा एरियाबाट पक्राउ गरेको छ । रेवाको साथबाट ३८० ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न बसस्टसहित बसपार्क र एयरपोर्ट क्षेत्रमा लागू औषधको कारोबार हुने गरेको भेटिए पनि प्रहरीले छड्के चेकजाँच गरेको हो ।

प्रहरीका अनुसार बसपार्क र एयरपोर्टमा पुग्ने यात्रुलाई लागू औषध बिक्री गर्ने समूह नै सक्रिय छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ३ : ५२ बजे

बालेनले स्वीकारे अख्तियारमा सरकारी हस्तक्षेप, भने : पाँच घण्टा होइन, पाँच वर्ष सोध्न सक्छौँ

काठमाडौं- संवैधानिक आयोगमध्ये सबैभन्दा शक्तिशाली अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरकारको

एउटा राम्रो नेता बन्नलाई जनताको माया जित्नुपर्छ, समूहले हुँदैन : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेता बन्नलाई जनताको माया जित्नुपर्ने

हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ : प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपालसँग कालापानी र लिपुलेकको प्रमाण

रविले गरे श्रीमती निकितासहित आफ्नी दिदीको प्रशंसा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चार वर्षे राजनीति

‘अहिले बालेनको खुट्टामा बल, भटाभट गोल हान्‍नुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को