हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ : प्रधानमन्त्री बालेन « Khabarhub

हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ : प्रधानमन्त्री बालेन


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपालसँग कालापानी र लिपुलेकको प्रमाण भएको बताएका छन् । आइतबार चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा बोल्दै प्रधानमन्त्री बालेनले सो बताएका हुन् ।

‘हामीले सीमाको विषयमा बोल्दा पक्कैपनि जुनसुकै देशसँग सीमाको विषयमा कुरा गर्दा उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ, आपत्ति जनाउनुभो मलाई अचम्म लाग्यो, ठिक छ ल तपाईंहरूसँग प्रमाण छ भने ल्याउनुस, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेकको प्रमाण छ’, उनले भने ।

साथै, प्रधानमन्त्री बालेनले आफूहरूले सीमाको विषयमा ब्रिटिसलाई मध्यस्थताको रूपमा ल्याउन नखोजेको पनि बताए । ‘त्यो प्रमाण लिनलाई पहिला ब्रिटिसले राज गर्दाखेरीको प्रमाण ल्याउनपर्छ भने ल्याउँछौँ भनेका हौँ, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ’, उनले भने, ‘हामी हाम्रो छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ ।’

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ६ : १७ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’