आर्सनलका स्टार खेलाडी ओजीलको जर्सी सगरमाथा आधार शिविरमा « Khabarhub

आर्सनलका स्टार खेलाडी ओजीलको जर्सी सगरमाथा आधार शिविरमा


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– जर्मन तथा इङ्ग्लिस क्लब आर्सनलका स्टार खेलाडी मेसुट ओजीलको जर्सी सगरमाथा आधार शिवीरमा पुर्‍याइएको छ ।

ओजीलले आर्सनल फ्यान क्लब नेपाललाई आफ्नो हस्ताक्षर सहितको टि–सर्ट पठाएका थिए । उक्त टि–सर्ट सोमबार उनका नेपाली प्रशंसकले सगरमाथा आधार शिविरमा पुर्‍याएर प्रदर्शन गरेका हुन् ।

केही समय अगाडि ओजीलले आर्सनलबाट खेल्दा प्रयोग गर्ने १० नम्बर जर्सी आर्सनलका नेपाली समर्थक समाजलाई पठाएको बताएका छन् । जसलाई उनका प्रसंशकले सगरमाथा पुर्‍याउँदै नेपाल भ्रमणका लागि आह्वान समेत गरे ।

उक्त तस्बिर सामाजिक सञ्जाल ट्वीटरमा राख्दै ओजीलले खुसी व्यक्त गरेका छन् । ओजीलले आफ्नो जर्सी प्रसंशकहरुले सगरमाथाको आधार शिविर ५ हजार ३ सय ६४ मिटरमा पुर्‍याएर जर्सी प्रदर्शन गरेको भन्दै ट्वीटरमा नेपाली झन्डा इमोजी राख्दै धन्यवाद समेत दिएका छन् ।

ट्वीटरमार्फत नै ओजीलका प्रशंसकहरुले जर्सी पठाएकोमा खुसी लागेको प्रतिक्रिया दिँदै नेपाल आएमा सगरमाथाको आधार शिविर घुमाउने खालका प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ४ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै