बलिउड छोड्ने हल्लामा अनुष्काको यस्तो जवाफ « Khabarhub

बलिउड छोड्ने हल्लामा अनुष्काको यस्तो जवाफ


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अनुष्का शर्मासँग यतिबेला कुनै प्रोजेक्ट छैनन् । सन् २०१८ मा उनका तीन फिल्म ‘परी’, ‘सुई धागा’ र ‘जीरो’ रिलिज भए । यी तीनै फिल्मले बक्स अफिसमा खासै कमाल गर्न सकेनन् । त्यसपछि उनले राम्रा फिल्म पनि साइन गर्न डराइरहेकी छिन् ।

अनुष्का शर्माले राम्रो फिल्म खेल्नका लागि विचार पु–याउनुपर्ने बताएकी छिन् । ‘मलाई लाग्छ कि, अब म त्यो स्थानमा पुगिसकेकी छु, जहाँ म काम गर्नकै लागि फिल्म साइन गर्न सक्दिन,’ उनी भन्छिन् ।

उनले २७ वर्षको उमेरमा फिल्म ‘एनएच टेन’ निर्माण गरेकी थिइन् । अहिले पनि उनी फिल्म निर्माणमा जुटिरहेकी छिन् । उनी यतिबेला डिजिटल प्लेटफर्ममा केही शो ल्याएर आउने योजना बनाएको सुनाउँछिन् । साथै उनले एउटा फिल्मका लागि पनि तयारी भइरहेको बताइन् । उनी भन्छिन्, ‘यी सबैका लागि पनि मेरा लागि समय चाहिन्छ, दर्शकलाई मैले पर्दा पछाडि पनि कुनै न कुनै काम गरिरहेकी हुन्छु भन्ने थाहा हुँदैन ।’

पछिल्लो समय उनी विराट कोहलीसँग विवाह बन्धनमा बाँधिएपछि फिल्म क्षेत्र छोड्ने योजनामा रहेको समाचार आएका थिए । तर, अनुष्काले भने यही क्षेत्रमा आफू लागिरहेको बताएकी छिन् । ‘म आफ्नो काममा फोकस गर्न चाहन्छु, र म पछि फर्केर यो पनि हेर्न चाहन्छु कि, मैले के गरेँ ? म आफ्नो कामबाट पूर्ण सन्तुष्ट छु, जे मैले गरेँ, त्यो सधै गर्न चाहेको काम थियो,’ अनुष्का भन्छिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ५ : ०७ बजे

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात

विश्वकप अभ्यास : श्रीलंकाले नेपाललाई दियो २२३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले