नेपाललाई ‘इण्डो प्यासिफिक स्ट्रयाटेजी’मा साझेदार बन्न अमेरिकी आह्वान « Khabarhub

नेपाललाई ‘इण्डो प्यासिफिक स्ट्रयाटेजी’मा साझेदार बन्न अमेरिकी आह्वान



पेभिलियन हलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै अमेरिकी दक्षिण एसिया तथा मध्य एसिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्ज ।

काठमाडौं– अमेरिकी दक्षिण एसिया तथा मध्य एसिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्जले ‘इण्डो प्यासिफिक स्ट्रयाटेजी’मा सहभागी भएर महत्वपूर्ण साझेदार बन्न नेपाललाई आह्वान गरेका छन् ।

इन्टिच्युट फर इस्टाटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र पेभिलियन मिडिया ग्रुप, खबरहब डटकमले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसहायक मन्त्री रेन्जले ‘इन्डो प्यासिफिक स्ट्रयाटेजी’ अमेरिकाको प्रमुख प्राथमिकतामा रहेको बताउँदै यो रणनीति नेपालको आर्थिक विकासमा महत्वपूर्ण अवसर समेत हुने बताए ।

पेभिलियन हलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै अमेरिकी दक्षिण एसिया तथा मध्य एसिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्ज ।

उनले दक्षिण एसियाली मुलुकमा खुला तथा स्वतन्त्र रुपमा आर्थिक विकासका लागि साझेदारका रुपमा रहेर काम गर्न समेत सहयोगीसिद्ध हुने बताए ।  ‘यो रणनीति कुनै सन्धी–सम्झौता वा गठबन्धन नभइ अमेरिकाले प्रत्यक्षरुपमा सहभागिता जनाउने उपयुक्त संरचना हो ।’ उपसहायक मन्त्री रेन्जले भने, ‘इन्डो प्यासिफिक रणनीतिमा नेपालले अमेरिकाको पक्ष लिनु तथा अन्य मुलुकको विपक्षमा लाग्न भन्ने होइन ।’

यो रणनीतिमा समर्थन जनाउन अमेरिकाले नेपाललाई आग्रह गरिसकेको भन्दै उनले इन्डोप्यासिफिक क्षेत्रको शान्ति, सुरक्षा, सुशासन, पारदर्शिता लगायतमा महत्वपूर्ण भूमिका निभाउने बताए । अमेरिकाले विधिको शासनलाई विश्वास गर्ने भन्दै यसले इन्डोप्यासिफिक क्षेत्रका मुलुकहरुले पनि स्वतन्त्रपूर्ण आफ्नो निर्णय लिने अधिकार प्रत्याभूति गर्न महत्वपूर्ण सावित हुने तर्क गरे । यसबाट नेपालले पनि आफूअनुकूलको स्वतन्त्र निर्णय लिन कुनैपनि बाह्य हस्तक्षेपको सामना गर्न नपर्ने जनाए ।

पेभिलियन हलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा अमेरिका दक्षिण एसिया तथा मध्य एसिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिडका साथमा सहभागी विज्ञहरु ।

उनले प्रजातान्त्रिक मुलुकमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति हुनुपर्ने जनाउँदै जस्तोसुकै परिस्थितका बाबजुत पनि आफ्नो कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर पत्रकारहरुले कार्यसम्पादन गर्दै आएकोप्रति आफू गौरवान्वित हुने र उनीहरुको कामलाई आफूले सधैँ आदर गर्दै आएको बताए ।

कार्यक्रममा इण्डोप्यासिफिक क्षेत्रको विकासको लागि अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले ३ सय मिलियन अमेरिकी डलर सहयोग प्रदान गरेको समेत उपमन्त्री रेन्जले जानकारी दिए । त्यसमध्ये १७ मिलियन अमेरिकी डलर मानवीय सहायता तथा प्राकृतिक प्रकोप व्यवस्थापनका लागि सहयोग गरिएको उनले उल्लेख गरे ।  कार्यक्रममा राजनीतिज्ञ, विभिन्न क्षेत्रका वौद्धिक वर्ग, कुटनीतिज्ञ लगायतको सहभागिता थियो ।

खबरहव डटकमको न्यूज रुम अवलोकन गर्दै अमेरिका दक्षिण एसिया तथा मध्य एसिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्ज ।
पेभिलियन हलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा अमेरिका दक्षिण एसिया तथा मध्य एसिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्जका साथमा अन्य सहभागीहरु ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ७ : ४७ बजे

७७ जिल्लाका सिडिओसँग गृहमन्त्रालयको भर्चुअल बैठक: निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ – गृह मन्त्रालयले बिहीवार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना पक्राउ, चार मदिरा पसल सिल

रुपन्देही – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा

इरानमा १८१ बालबालिकासहित एक हजार बढी सर्वसाधारणको मृत्यु

इरान- अमेरिकास्थित मानव अधिकारवादी समाचार एजेन्सी (एचआरएएनए)ले इरानमा एक हजार

विश्वकप पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका

अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी

अछाम – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम निर्वाचन