प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपबीच भेटबार्ता « Khabarhub

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपबीच भेटबार्ता


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यूरोपियन मुलुकहरूको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले  फ्रान्सका समकक्षीसँग भेटवार्ता गरेका छन् ।  बुधबार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री एडवार्ड फिलिपसंग द्वपक्षीय सम्बन्धका बारेमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपबीच भएको सौहार्दपू्र्ण कुराकानीमा फ्रान्सका प्रधानमन्त्रीले नेपालले विश्वका विभिन्न भू–भागमा शान्ति कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए।  नेपाल र फ्रान्सले यसै वर्ष कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाउँदै छन् सोहि कारण पनि उनको फ्रान्स भ्रमण धेरै महत्वका साथ हेरिएको छ।

त्यसअभि प्रधानमन्त्री ओलीले बुधवारनै फ्रान्सका व्यवसायीहरुको संगठन मेदेफ संग छलफल गर्दै नेपालमा लगानी गर्न आग्रह गरेका थिए। नेपाली राजदुतावास पेरिसले आयोजना गरेको कार्यक्रम उनले फ्रान्सका विभिन्न सामाजिक व्यक्तित्वहरु, व्यवसायीहरु, नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरू तथा नेपाललाइ माया गर्ने फ्रेन्च नागरिकहरुलाइ भेटघाट गरेका थिए ।

बुधबार बिहान उनले प्रवासी नेपाली एकता मंच फ्रान्स लगायत एनआरएनए बेल्जियम र एनआरएन आइसीसीका पदाधिकारीलाइ भेटेका थिए।  बेलायत, अमेरिका र भारतपछि नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेको चौथो मुलुक फ्रान्स हो। नेपाल र फ्रान्सबीच सन् १९४९ अप्रिल २० मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ५ : ४१ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा