प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपबीच भेटबार्ता « Khabarhub

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपबीच भेटबार्ता


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यूरोपियन मुलुकहरूको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले  फ्रान्सका समकक्षीसँग भेटवार्ता गरेका छन् ।  बुधबार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री एडवार्ड फिलिपसंग द्वपक्षीय सम्बन्धका बारेमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपबीच भएको सौहार्दपू्र्ण कुराकानीमा फ्रान्सका प्रधानमन्त्रीले नेपालले विश्वका विभिन्न भू–भागमा शान्ति कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए।  नेपाल र फ्रान्सले यसै वर्ष कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाउँदै छन् सोहि कारण पनि उनको फ्रान्स भ्रमण धेरै महत्वका साथ हेरिएको छ।

त्यसअभि प्रधानमन्त्री ओलीले बुधवारनै फ्रान्सका व्यवसायीहरुको संगठन मेदेफ संग छलफल गर्दै नेपालमा लगानी गर्न आग्रह गरेका थिए। नेपाली राजदुतावास पेरिसले आयोजना गरेको कार्यक्रम उनले फ्रान्सका विभिन्न सामाजिक व्यक्तित्वहरु, व्यवसायीहरु, नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरू तथा नेपाललाइ माया गर्ने फ्रेन्च नागरिकहरुलाइ भेटघाट गरेका थिए ।

बुधबार बिहान उनले प्रवासी नेपाली एकता मंच फ्रान्स लगायत एनआरएनए बेल्जियम र एनआरएन आइसीसीका पदाधिकारीलाइ भेटेका थिए।  बेलायत, अमेरिका र भारतपछि नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेको चौथो मुलुक फ्रान्स हो। नेपाल र फ्रान्सबीच सन् १९४९ अप्रिल २० मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ५ : ४१ बजे

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन