१० वर्षदेखि दाम्लोमा जीवन बिताइरहेका थम्मनको पीडा कसले सुन्ने ? « Khabarhub

१० वर्षदेखि दाम्लोमा जीवन बिताइरहेका थम्मनको पीडा कसले सुन्ने ?


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इस्मा गाउँपालिका–६ अम्मरपुरका थम्मन कुमाल १० वर्षदेखि पशुसरह जीवन बिताइरहेका छन्। बुल्मका २० वर्षीय कुमाललाई मानसिक समस्या छ। थम्मन जन्मिँदै शारीरिक रूपमा कमजोर भएको बाबु खिमबहादुर कुमालको भनाइ छ। उनी सात वर्ष हुँदासमेत हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेको परिवारले जनाएको छ। कुमाल परिवार रोजगारीको सिलसिलामा भारत थियो। ‘सात–आठ वर्षमा बल्ल टाउको उठाउन थालेको हो,’ उनले भने, ‘१० वर्ष पुगेपछि मात्रै भारतमा उपचार थालेका हौँ।’ बिस्तारै निको भएपछि आफूहरू गाउँमा आएको खिमबहादुरले बताएको नयाँ पत्रिकामा खबर छ ।

बुल्म कुमाल समुदायको बाहुल्य रहेको गाउँ हो। ढुंगेघर। नजिकै टिनको छाप्रोको गोठ । त्यही गोठको एक छेउमा थम्मनले दिन बिताउँछन्। पशुचौपायाको घाँटीमा दाम्लो। उनको भने खुट्टामा। छिमेकीको घरगोठमा गएर उपद्रो गर्ने डर कुमाल परिवारलाई छ। जसका कारण गाउँलेले पिट्ने, गाली गर्ने तथा आफूहरूलाई समेत धेरै तनाव दिने गरेकाले गोठमा बाँध्नुपरेको आमा धनी कुमालले बताइन्। ‘घरमा अपांग छोरो छ, काम नगरे चुलो बल्दैन, खुला छाडे गाउँलेको गाली कति सुन्ने ?’ उनले भनिन्, ‘गोठमा बाँधेर काममा पुग्छौँ।’

बाबुआमा काममा हिँडेपछि तीर्खा लाग्दा थम्मनले पानी पिउन पनि पाउँदैनन्। दिसापिसाब एकै ठाउँमा हुन्छ। साँझ कामबाट फर्किएपछि सरसफाइ गरी लुगा फेरिदिने गरेको आमा धनी कुमाल बताउँछिन्। तीन सन्तानमध्ये गोकुल माइला हुन्। जेठा भारतमै मजदुरी गर्छन्। कान्छो भाइ बुल्म प्राविमा पढ्छन्। कुमाल परिवारका अनुसार थम्मनलाई राज्यले अपांगता भत्ता दिँदै आएको छ। तर, भत्ताभन्दा संरक्षण र उपचार आवश्यक रहेको आमा धन कुमाल बताउँछिन्।

इस्मा गाउँपालिकाले थम्मनको स्वास्थ्य अवस्थालाई लिएर केही समयअघि कुमाल परिवारसँग भेटघाट गरेको थियो। गाउँपालिका प्रमुख लक्ष्मण विष्टसहितको टोलीले परिवारलाई दाम्लोले बाँधेर काममा नजान आग्रह गर्नुका साथै छिमेकीलाई समेत सचेत बनाएको छ। ‘केही दिनअघि मात्र गाउँले र कुमाल परिवारलाई सचेत गराएर आएका छौँ,’ उपप्रमुख विमला खत्रीले भनिन्, ‘उपचार र उद्धारका निम्ति पहल पनि भएको छ।’

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ७ : २० बजे

कांग्रेस संसदीय बैठक : सुनसरीलगायतका घटनाको न्यायिक छानबिनको माग

काठमाडौं- नेपाली कांग्रेसले सुनसरीलगायत विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष र स्वतन्त्र

कक्रोचको बलमा जनसुराजले उठायो टाउको, नेतालाई सल्लाह दिने पीकेले तोडे भाजपाको किल्ला

काठमाडौं- भारत बिहार राज्यको बाँकीपुरमा भाजपाको गढ भत्काउँदै वैकल्पिक राजनीतिक

जनार्दनको पहलमा छुट्टै राजनीतिक मोर्चा : उपेन्द्र, प्रभु, सीके र रेशमसमेत जोडिँदै

काठमाडौं- जनार्दन शर्माले मधेशवादी दलहरूसँग सहकार्य गर्ने भएका छन्। नेकपा

अर्थसंक्षेप : बजारमा ग्यासको हाहाकार, महँगी नियन्त्रण गर्न नसक्दा सरकारको आलोचना र राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणराष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक

दुर्गा प्रसाईंलाई रिहा गर्न भक्तपुर अदालतको आदेश

काठमाडौं- जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न