समुद्री आँधी ‘वायु’ले नेपाल‍मा मनसुन ढिलो हुने « Khabarhub

समुद्री आँधी ‘वायु’ले नेपाल‍मा मनसुन ढिलो हुने


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारतको गुजरात राज्यमा बढी प्रभाव पार्ने गरी आउने अनुमान गरिएको समुन्द्री आँधी ‘वायु’को प्रभाव नेपालमा पनि पर्ने देखिएको छ । तर, यो आँधीले बाटो फेरेर अरब सागर तिरै फर्किएपछि गुजरातको जोखिम कम हुने अनुमान गरिएपनि नेपालको मनसुनमा भने यसको प्रभाव रहने देखिएको छ । यही आँधीका कारण नेपालमा मनसुन ढिलो हुने अनुमान मौसमविद वरुण पौडेलको छ ।

मौसमविद पौडेलले अरब सागरमा विकसित भएर पश्चिम भारतको तटीय क्षेत्रतिर अघि बढेको शक्तिशाली समुद्री आँधीको मौसमी प्रभाव नेपालमा पर्ने भन्दै नेपालमा प्रायजसो जुन १० बाट शुरु हुने मनसुनमा प्रभाव पर्नसकने बताए ।

मनसुनका लागि बङ्गालको खाडी हुँदै पूर्वी क्षेत्रबाट धेरै जलवाष्पयुक्त बादल प्रवेश गर्नुपर्ने बताउँदै पौडेलले अरब सागरबाट केहिदिन अघिदेखि बग्न थालेको आँधीले भारतीय उपमहाद्वीपको मनसुनी प्रक्रियालाई पनि बिथोलिदिएको बताए ।

अरब सागरमा आँधी बन्न थाल्दा जलवाष्प पनि त्यतै केन्द्रित भएकाले बङ्गालको खाडीतिर मनसुनको बादल राम्ररी विकसित हुन नसकदा अब वर्षा शुरु हुन समय लाग्ने देखिएको पनि उनले बताए । हिजोआज नेपालका विभिन्न क्षेत्रमा भइरहको वर्षा भने प्रिमनसुनका कारण भएको उनले बताए ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ७ : ४९ बजे

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त