आजको मौसम : हावाहुरी र वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : हावाहुरी र वर्षाको सम्भावना

३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट

0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पछिल्लो समय गर्मी बढेसँगै मौसममा पनि सामान्य उत्तार चढाव आएको छ । आज (शुक्रबार) देशभरको मौसममा आंशिक बदली हुने र केहि ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले जारी प्रिमनसुनका कारण विभिन्न ठाउँमा पानी परेको भएपनि अब नेपालमा मनसुन केहि ढिला शुरु हुने अनुमान रहेको मौसमविद् वरुण पौडेलले बताएका छन् ।

अरब सागरबाट उत्पन्न सामुन्द्रिक आँधीका कारण नेपालको मनशुन प्रभावित हुने र केहि ढिलामात्र शुरु हुने अवस्था रहेको पौडेलले बताए ।

महाशाखाको ३ दिने मौसमी अनुमान यस्तो छ।

जेठ ३१ गते (शुक्रबार)
दिउँसो: देशकको मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ भने पुर्वी भु-भागमा सामान्य बदली र बाँकि भु-भागमा आंशिक बदलि हुनेछ। पुर्वी भु-भागका केहि स्थानहरुमा र मध्य र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति: देशकको मध्य पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ भने पुर्वी भु-भागमा सामान्य बदली र बाँकि भु-भागमा आंशिक बदलि हुनेछ। पुर्वी भु-भागका केहि स्थानहरुमा र मध्य र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ३२ गते (शनिबार)
दिउँसो: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

असार १ गते (आइतबार)

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ८ : १४ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै