पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन « Khabarhub

पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । हृदयघातका कारण निधन भएको पौडेलका सहयोगी सुनिल खडेकाले जानकारी दिए । शुक्रबार बिहान ६ बजेर ४५ मा घरमै रहेका बेला हृदयघात भएपछि अस्पताल लैजादै गर्दा पौडेलको निधन भएको हो ।

अस्पताल पुर्‍याइएका पौडेललाई लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो । उनको शव अहिले चितवनको माडी अस्पतालमा राखिएको छ।

पौडेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् ।

पौडेलको निधनले प्रति दु:ख व्यक्त गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

प्रचण्डले सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीका केन्द्रीय सदस्य तथा पूर्वशिक्षा मन्त्री धनीराम (डि. आर.) पौडेलको असामयिक निधनले मर्माहत बनाएको बताएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ८ : ३६ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग