पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन « Khabarhub

पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । हृदयघातका कारण निधन भएको पौडेलका सहयोगी सुनिल खडेकाले जानकारी दिए । शुक्रबार बिहान ६ बजेर ४५ मा घरमै रहेका बेला हृदयघात भएपछि अस्पताल लैजादै गर्दा पौडेलको निधन भएको हो ।

अस्पताल पुर्‍याइएका पौडेललाई लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो । उनको शव अहिले चितवनको माडी अस्पतालमा राखिएको छ।

पौडेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् ।

पौडेलको निधनले प्रति दु:ख व्यक्त गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

प्रचण्डले सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीका केन्द्रीय सदस्य तथा पूर्वशिक्षा मन्त्री धनीराम (डि. आर.) पौडेलको असामयिक निधनले मर्माहत बनाएको बताएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ८ : ३६ बजे

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम