विश्वकप क्रिकेट : लय खोज्दै इन्डिज र इङ्ग्ल्यान्ड « Khabarhub

विश्वकप क्रिकेट : लय खोज्दै इन्डिज र इङ्ग्ल्यान्ड


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेटमा आज (शुक्रबार) घरेलु टोली इ्ग्ल्यान्ड र क्यारेबियन टोली वेष्ट इन्डिज प्रतिस्पर्धा गर्दैछन् ।

साउथह्यामटनसिथत ह्यामसायर बोलमा हुने खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा शुरु हुनेछ । यसअघि समान तीन खेल खेलेका इङ्ग्ल्यान्ड चौथो खेलमा जीत निकाल्दै लय समात्ने लक्ष्यमा रहेको छ ।

विश्वकपको पहिलो र दोस्रो खेलमा लगातार जित हात पारेको इङ्ग्ल्यान्ड तेस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । शुक्रबार हुने खेलमा दुवै टोली एक अर्कालाई पराजित गर्दै विश्वकपमा आफ्नो लय कायम गर्ने लक्ष्यमा रहेका छन् ।

पाकिस्तानसँग पराजित भएको इ्ग्ल्यान्डविरुद्ध उत्कृष्ट पुनरागमनको खोजिमा रहेको छ । यस्तै, समान तीन वटै खेल खेलेको इन्डिज आजको खेलमा जित निकाल्दै खेलमा फर्किने योजनामा रहेको छ ।

विश्वकपको पहिलो खेलमा पाकिस्तानमाथि ७ विकेटको शानदार जित हात पारेको इन्डिज टोलीले दोस्रो खेलमा अस्ट्रेलियासँग १५ रनले पराजित भएको थियो भने तेस्रो खेल दक्षिण अफ्रिकाविरुद्धको खेल बर्षाका कारण प्रभावित भएपछि १–१ अंक बाडेको थियो ।

सन्तुलनमा रहेको क्यारेबियन टोलीमाथि घरेलु टोली हावी हुन सक्ने कतिपयले आँकलन गरेपनि इन्डिजसँग अग्रपङ्ती देखि अन्तिमसम्मका ब्याट्सम्यानले आक्रामक खेल्न सक्ने भएकाले इङ्ग्ल्यान्डलाई कमब्याकका लागि निकै संघर्ष गर्नु पर्ने हुने विश्वकपका कमेन्टेटरहरुले बताउँदै आएका छन् ।

कप्तान इयोन मोर्गन, जोइ रुट, जोस बट्लर र नोनी बेरिस्टोले आक्रामक ब्याटिङ गर्दै टोलीलाई इन्डिजविरुद्ध राम्रो रन बनाउन सक्छन् भने ओसाने थोमस र जसोन होल्डर र आन्द्रे रसेलले इग्ङ्ग्ल्यान्डको ब्याटिङ लाइन कमजोर पार्न सक्छन् ।

इन्डिजका लागि युनिर्भसल बोस क्रिस गेल, निकोलास पुरान, आन्द्रे रसेल र साई होपले उत्कृष्ट ब्याटिङ गर्न सक्छन् भने इङ्ग्ल्यान्डका बलर मोइन अलि, क्रिस वोएक्स र जोर्फा आर्चर इन्डिजका ब्याट्सम्यानमाथि हावी हुन सक्छन् ।

अंक तालिकामा इङ्ग्ल्यान्डको ४ अंक छ भने इन्डिजको ३ अंक छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ११ : ३४ बजे

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल