प्रतिनिधिसभाद्वारा शोक प्रस्ताव पारित « Khabarhub

प्रतिनिधिसभाद्वारा शोक प्रस्ताव पारित


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाले पूर्व शिक्षा मन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले पूर्व मन्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो । पौडेल २०७० सालको संविधानसभा निर्वाचनमा तात्कालिन एकिकृत नेकपा माओवादीको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए ।

हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रहेका पौडेलको ५३ बर्षको उमेरमा जेठ ३१ गते शुक्रबार (आज)  बिहान चितवनको माडीमा असमायिक निधन भएको हो । बैठकले उनको निधनप्रति शोक प्रकट गरि श्रद्धाञ्जली अर्पण गर्दे शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ ।

अर्को बैठक आईतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ११ : ५८ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट