रियल पुगेका हजार्डले भने–गलाटिको बन्न नसकेपनि प्रयास पक्कै गर्छु | Khabarhub Khabarhub

रियल पुगेका हजार्डले भने–गलाटिको बन्न नसकेपनि प्रयास पक्कै गर्छु


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अघिल्लो हप्ता इङ्ग्लिस क्लब चेल्सीबाट स्पेनिस महारथि रियल मड्रिडमा आवद्ध भएका इडन हजार्ड पहिलो पटक रियलको जर्सीमा सार्वजनिक भएका छन् ।

बिहीबार रियलको जर्सी लगाएका हजार्डले रियलका स्टार गोल स्कोरर गलाटिको जस्तै बन्न नसकेपनि उनी जस्तै खेल्ने प्रयास गर्ने बताएका छन् ।

५० हजार प्रशंसकभन्दा धेरैको अगाडि रियलबाट आधिकारीक रुपमा सार्वजनिक भएका हजार्डले बर्नबेउमा सक्दो राम्रो खेल्ने बताएका छन् । बेल्जियमका २८ वर्षे फरवार्ड १ सय ५० मिलियन पाउण्डमा रियलमा आवद्ध भएका थिए ।

गएको सिजनमा निकै कमजोर प्रदर्शन गरेको रियल मड्रिडले कुनै पनि उपाधि उचाल्न सकेन । अहिले टिम बनाउने दौडमा रहेको रियलले टोलीलाई बलियो बनाउने क्रममै हजार्डलाई टिममा आवद्ध गरेको हो ।

‘रियल मड्रिडबाट खेल्नु मेरो सानै देखिको सपना थियो,’ हजार्डले भने,‘म विश्वको एक उत्कृष्ट खेलाडी बन्ने कोसिस गर्छु । तर, पहिले म आफ्नो टिम विश्वकै राम्रो बनाउने प्रयास गर्छु ।’

उनले अगाडि भने,‘म ग्लाटिको त होइन । तर, म राम्रो खेल्ने प्रयास गर्नेछु । अहिले म इडन हर्जाड नै हुँ ।’

बेल्जियम र चेल्सीमा रहँदा १० नम्बर जर्सी लगाएर मैदान उत्रिने गरेका हर्जाडको जर्सीमा नम्बर लेखिएको छैन । रियलमा १० नम्बर जर्सी लुका मोड्रिचले लगाउँदै आएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १२ : २८ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला