सुर्खेत दुर्घटना– वडा सचिवसहित दुई जनाको मृत्यु « Khabarhub

सुर्खेत दुर्घटना– वडा सचिवसहित दुई जनाको मृत्यु


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा वडा सचिवसहित दुई जनाको मृत्यु भएको छ ।

वीरेन्द्रनगरको एरीचोकमा अटोले ठक्कर दिँदा नगरपालिका वडा नं २ का सचिव नारायणदेव गिरीको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मूलपानीबाट एरीचोकतर्फ गइरहेको भे १ ह ३८७४ नंको अटोले भे७प १८३४ नंको गिरीको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करले उनी गम्भीर घाइते भएका थिए। प्रदेश अस्पताल कालागाउँ पुर्‍याएलगत्तै वडा सचिव गिरीको बिहीबार राती मृत्यु भएको थियो ।

प्रहरीले अटो चालक दीपकबहादुर साउदलाई नियन्त्रणमा लिइसकेको छ ।

त्यसैगरी बाङ्गेसिमल–बड्डीचौर सडकखण्डको गिरिघाटमा भे१त ५२८८ नम्बरको ट्याक्टर आज अनियन्त्रित भई सडक किनारामा पल्टिँदा सहचालक रामबहादुर नेपालीको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  २ : ३८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन