३५ हजारमा ‘रारा छायानाथ’ घुम्न हेलिकप्टर प्याकेज « Khabarhub

३५ हजारमा ‘रारा छायानाथ’ घुम्न हेलिकप्टर प्याकेज


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको रारा ताल क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।  रारा पुग्ने पर्यटकलाई थप घुम्ने र मनोरञ्जन दिन नसकिएको अवस्थामा असार पहिलो सातादेखि रारादेखि छायानाथ धाम पुग्न राराछाँयानाथ हेलिकप्टर प्याकेज शुरु हुने भएको छ ।

हिन्दूको चारधाममध्येको छाँया क्षेत्रधाम हेलिकप्टरमार्फत पुग्नका लागि भिजिट कर्णाली टुर एण्ड ट्राभल्सले हेलिकप्टर प्याकेज ल्याउन लागेको ट्राभल्सका सञ्चालक राजु कार्कीले जानकारी दिए । उनका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यो सेवा शुरु गर्न लागिएको हो ।
महादेवले सतीदेवीको शव बोकेर घुम्दै जाने क्रममा अन्तिम अङ्ग पतन भएको र विश्वका चार वटा मुख्य धाममध्ये जेठो मानिएकाले पनि यसको विशेष महत्व रहेको छ ।

हेलिकप्टर यात्रामा ३० मिनेटमै छाँयानाथको दर्शन गरी हिमशृङ्खलाको अवलोकन गन पाइनेछ । यो प्याकेजका लागि प्रतिव्यक्ति शुल्क रु ३५ हजार लाग्ने कार्कीले बताए । भारतीय पर्यटकलाई कैलाश मानसरोवर जान विशेष प्राथमिकता दिइ सरकारको ध्यान केन्द्रित गराइने कार्कीले बताए ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ४ : ३४ बजे

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति प्रचण्डको आपत्ति: तत्काल रिहा गर्न माग

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

के फर्नान्डेजको नयाँ गन्तव्य सिटी होला ?

लण्डन – इङ्लिस क्लब चेल्सीले आफ्ना अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६